Skip to main content

एक चिहान- मुख्य घटनाक्रम ६

परिच्छेद 
  • डाक्टरको औषधी पर्नासाथ अष्ट नारानलाई राम्रो निद परिदिएकाले अष्ट नारानको परिवारमा आशा पलाउनु,
  • बिउँझँदा आफ्ना सबै परिवार आफ्नो वरिपरी देखेपछि अष्ट नारानले शिव नारानलाई मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्ने किसानको काम कर्तव्य सम्झाउनु,
  • शिव नारान गइ सकेपछि अष्ट नारानले पुन नारानलाई पनि बर्सात सुरु भए पछि घर बनाउने काम कम हुने भएकाले काममा जान लगाउनु,
  • हात खुट्टा बलियो भए पछि काम जति पनि पाइने तर छोराछोरीका लागि बाबु सधैँ नपाइने कुरा पुन नारानले भन्दा उनीहरुले कुर्दैमा आफुलाई एकदिन पनि बढी बचाउन नसक्ने तथ्य अष्ट नारानले भनेपछि पुन नारान पनि नाजवाफ भएर चुप लाग्नु,
  • आफुलाई नकुरी नछोड्ने छोराछोरीको हठ थाहा पाए पछि अष्ट नारानले अरु सबै आफ्नो काममा जान खाली बुढिया लतमायालाई कुर्न बस्न लगाउनु .

Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु ...

एक चिहान-पात्र परिचय

सुब्बा सुरमान उपन्यासको सहायक खलपात्र सुब्बा सुरमान तत्कालिन नेपाली समाजका शोसक, साहु महाजन र सामन्तीहरुको प्रतिनिधि चरित्र हो । नारीको यौवनलाई खेलौना ठान्ने सुब्बा सुरमान कामुक र विलासी चरित्र देखिन्छ । धनको आडमा धाकधम्की देखाएर गरिबको जीवनमा खेलबाड गर्ने शोसक सुरमान दुष्ट चरित्र हो ।