Skip to main content

Posts

Showing posts with the label कविता

एउटा नयाँ सुरुवात

जुनु राई facebook.com/raejunu एक हुल सपनाहरुले निराशाको कर्णालीमा हाम फालेपछी , अनन्त यात्रामा निस्किएका पाइलाहरु बिच बाटोमै रोकिएपछी , नानीहरुको रङ्गिन सपना कलेटी परेको ओठमा फुल्ने मुस्कान बनेपछी , गुराँस फुल्ने पाखाहरु बिधवाको सिउँदो जस्तै उजाड भएपछी , समयले सिकाउँछ संघर्षको नयाँ अर्थ र जीवनको परिभाषा । जहिले बाट उकालोमा यात्रुको थकित अनुहार कुरिरहने भञ्ज्याङ्ले आफैँ थकाइको सुस्केरा फाल्न थाल्छ , सधैँभरी धैर्यताको पाठ सिकाइरहने बुढो वरको आफ्नै धैर्यताले आत्महत्या गर्छ , त्यहीँबाट सुरुवात हुन्छ अर्को अध्यायको। हो त्यहीँबाट सुरुवात हुन्छ अर्को अध्यायको। ।

हराएको राष्ट्रियता

खै ! आज सम्म पनि भेटिएन , हराएको मेरो राष्ट्रियता । यो सहरको हरेक चोकचोकमा , गल्ली गल्लीमा भौतारिँदै हिँड्दै छु नपाएर फोहोर सँगै कतै फ्याँकिएको मानवता; आफ्नै भूमिबाट लखेटिएको मेरो स्वाधीनता । राष्ट्र रोइरहेको देख्दा देख्दै पनि मन ढुङ्गा झैँ बसिरहन्छ अचल र संवेदनाहिन किनकी, मेरो राष्ट्रियता हराएको छ; खान   नपाएको   भोको   देख्दा उसैलाई गिज्याउँदै खाइरहन्छौ चौरासी व्यन्जन किनकी, मानवता फालिएको छ, बासी खानाझैँ पत्रिकामा बेरिएर । हुलका हुल दाजुभाइ खाँडी पस्दा भन्दैनन् कसैले नजा भनेर किनकी, स्वाधीनता आफैँ लखेटिएको देशमा सुखी अनि सुरक्षित जीवन कसैले पाउँदैन। मलाई लाग्यो, सँगै लापत्ता भएका ती तीनहरु सहरमा भेटिन्छ्न् सायद तर सहरको अवस्था जब देखेँ महसुस भयो, सहर पनि तिनीहरुको निम्ति अनुकुल छैन। तैपनि मनमा झिनो आशा लिएर घुम्दैछु हर कुना कुनामा चेपिँदै सहरको भिड भाडमा। आज पो झल्याँस्स भएँ   ...

अधुरो कविता र नयाँ नेपाल

मन्त्रिमण्डलमा, संसदसभामा, अनि जनताका प्रत्येक सचेत मगजहरुमा जब नयाँ नेपालको खाँचोको महसुुुस भयो तब मेरो कवि मनमा एउटा नयाँ कविता लेख्नु पर्ने आवश्यकताको महसुस भयो । त्यसैले, उता ६०१ को छनोट भइ रहँदा मैले पनि छान्न थालेँ कवितात्मक छाँटहरु अनि बान्की परेका शब्दहरु । हरेक बिहान घाम लाग्थ्यो जाडो या गर्मी घाम पारिलै हुन्थ्यो र, तेही पारिलो घामको छाया ताप्दै हाई काढ्दै र आँखा मिच्दै म कविता लेख्थेँ ः– विधिको विधान – नेपालको संविधान । तर, कृषिप्रधान देशलाई कुर्सी प्रधान बनाउन थालिए पछि कागजका ती उर्वर पानाका गरा गरामा कुनै शब्द उब्जाउन सकिनँ नयाँ कविता लेख्ने एउटा अर्को प्रयास खेर गएको महसुस भयो । बित्थैमा, राज्यको चुनाव खर्च खेर गयो २ करोड जनताको सपना तुहियो आफ्नो कविताले आफ्नै चित्त नबुझेपछि मनमा निराशा छाउन थाल्यो जुन, स्वास्थ्यको लागि हानिकारक थियो त्यसैले  मनलाई आश्वासन दिलाउन ‘भोलि लेख्छु’ भन्दै म्याद थप्न थालेँ ‘सँगिनी सुई’ जस्तै ‘एक पटक लाए पछि तीन महिना ढुक्क ।’ दिलाइएको आश्वासन न ह...