Skip to main content

Posts

Showing posts with the label एक चिहान

एक चिहान मुख्य घटनाक्रम २९-३१

परिच्छेद २९ होसियारीको चेतावनी सबैलाई दिँदै नानीथकुँलाई घरमै छोडेर दिनभरि खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिव नारान एक्लै खेततिर लाग्नु, नानीथकुँको विवाह जति सक्दो चाँडो गराउने दौडधुपमा लागेका शिव नारानले एक हप्ताभित्रै एउटा सुयोग्य वर फेला पार्नु, दुलाहा हुने केटो हरेक गुणले योग्य र तराईको भएकाले शिव नारान औधी खुसी हुनु, नानीथकुँ र दुलाहा राम खेलवान राउत दुवैको सहमतिमा दुई दिनमै विवाह सम्पन्न हुनु, परिच्छेद ३० भाइ बहिनीहरुको व्यवहार सिद्धिई हलुङ्गो भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी हुनु, छोराछोरी र श्रीमती हाकुमाया सबैलाई फुक्र्याउँदै शिव नारानले खेतमा मेहनत गर्न प्रोत्साहन गर्नु, परिच्छेद ३१ तीन दिनदेखि अनवरत पानी परेर बाढीको रुप लिन थालेपछि शिव नारानलाई साहुको ऋण तिर्ने कुराले पिर्नु, बाढी बढ्दै आएर शिव नारान बसेको छाप्रो सहित शिव नारानको सबै परिवारलाई बाढीले बगाएर लैजानु, उता शिव नारानको घर पनि भत्किएर सबैको एकै चिहान हुनु, भोलिपल्ट क्वेनामा शिव नारानको परिवारका मानिसहरुको लासको हकवाला कोही पनि नभए पछि बेवारिस ह...

एक चिहान मुख्य घटनाक्रम २६-२८

परिच्छेद २६ किसानका लागि वर्षा अति नै प्रिय भए पनि आफ्नो घर भत्किन लागेकाले शिव नारानको परिवार त्रसित जीवन बिताइ रहनु, भात खाँदै गर्दा एउटा घर बनाउनै पर्ने लतमायाको भनाइमा सबैले स्वीकृति जनाउनु, हर्ष नारान र लतमाया बिहेको कुरा गरि रहँदा नानीथकुँलाई आफूलाई कसैले बोलाइ रहेकाजस्तो महसुस भएर झ्यालतिर जानु, एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद आएर आफू उनैलाई लिन सबै बन्दोबस्त मिलाएर आएको कुरा गर्नु, नानीथकुँले डाक्टर गोदत्त प्रसादको प्रस्तावलार्ई ठाडै अस्वीकार गरेपछि उनी खिन्न भएर फर्कनु । परिच्छेद २७ हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फुलि रहेको देखेर छक्क परेकी लतमायाले कारण सोध्दा धेरै बेरपछि मात्र लजाउँदै आफूले आफ्नो लागि दुलही भेटेको र बिहे गर्न चाहेको बताउनु, आफ्नी दुलही तामाङ्नी र आफू जस्तै एक ज्यामी भएको कुरा हर्ष नारानले लतमायालाई बताएपछि लतमायाले खुसीसाथ स्वीकार गर्नु, बेलुकातिर यो खबर पुन नारानले शिव नारानलाई पनि दिनु, नेवार र पर्वतेको सम्बन्ध जोडिन लागेको देखेर शिव नारान पनि औधी खुसी हुनु । परिच्छेद २८ दुलहीलाई डोलीमा ल्याउने स्व...

एक चिहान मुख्य घटनाक्रम २४-२५

परिच्छेद २४ रोपाइँको थकान मेट्न शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टर गोदत्त प्रसादसँग नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग नानीथकुँको विवाहको कुरा चलाउनु, शिव नारानले लतमायाको प्रस्ताव सहर्ष स्वीकार गरे पनि आफ्नो प्रगतिशील विचारको प्रभावले गर्दा मानिसहरु हच्किएको र नानीथकुँ आफैले पनि आफ्ना लागि सिल्पट दुलाहा खोजेकाले आफू दोधारमा परेको कुरा बताउनु, मौकाको फाइदा उठाउँदै लतमायाले सुब्बा सुरमानको कुरा अघि सार्दा शिव नारानले रिसाउँदै आमालाई झपार्नु, ठिक त्यहीँ बेला राम बहादुर पनि आइ पुगेपछि कुरा गर्दा गर्दै कुराले झगडाको रुप लिनु, राम बहादुरले तानको पैसा माग्दा शिव नारानले तानै फिर्ता गरिदिने कुरा गरेपछि हाकुमायाले कागज नभएको तान त्यस्ता बेइमानी मानिसलाई फिर्ता नदिने कुरा गर्नु । परिच्छेद २५ आफ्नो कोठाको एक परिवारलाई खेतमै बस्ने बन्दोबस्त मिलाएका शिव नारानले नानीथकुँलाई पनि आफूसँगै खेतमा लैजान थाल्नु, निदाउन निदाउन खोजि रहेकी हाकुमायालाई बिउँझाएर शिव नारान ठट्टा गर्न थाल्नु, यतिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा लौरो लि...

एक चिहान मुख्य घटनाक्रम २२-२३

परिच्छेद २२ नानीथकुँ र डाक्टर गोदत्त प्रसादसँग उठेको रिस बिर्सिन नसकेका शिव नारान खेतबाट पाँच बज्दा नबज्दै फकिँदा डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरबाट फर्कँदै गरेको देख्ता रिसले भुतक्क हुनु, तान कोठामा नानीथकुँलाई नदेख्दा झनै रिसाएर शिव नारानले आमालाई र नानीथकुँलाई पनि निकै गाली गर्नु, नानीथकुँको मन पसन्द र स्वतन्त्रताको पनि कदर गर्नु पर्ने हर्ष नारानको मतलाई खण्डन गर्दै शिव नारान आफूले समान उमेरका मानिसबीच रहने स्वस्थ प्रेम सम्बन्धको समर्थन गर्ने तर अनमेल सम्बन्धको कडा विरोध गर्ने कुरा बताउनु दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग मेटाउन भोलिदेखि नानीथकुँलाई पनि खेतमा सँगै लैजाने सल्लाह दिनु । परिच्छेद २ ३ आज शिव नारानको परिवारका सारा सदस्य रोपाइँको काममा मग्नमस्त भइरहनु, रोपाइँको आनन्द र जाँड रक्सीको सुरले नानीथकुँले एकछिनका लागि आफ्नो पीडा भुले पनि रोपाहारहरुलाई पान सुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी आएका डाक्टर गोदत्त प्रसादलाई देखेर फेरी व्यथा बल्झेको महसुस गर्नु, अनेक मरमसला मिसाइएको पान डाक्टर गोदत्त प्रसादले शिव नारान लगायत उनका...

एक चिहान मुख्य घटनाक्रम २०-२१

परिच्छेद २० डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना देवीले नानीथकुँलाई बोलाउन पठाउनु, ‘आउनू’ भन्ने सन्देश पाउनासाथ खुसी हुँदै नानीथकुँ गोदत्त प्रसादको घरतर्फ जानु, तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगेर अनेक कुरा गरी नानीथकुँलाई सम्झाइ बुझाइ गरी पठाउनु, रञ्जना देवीले आफ्नो र डाक्टर गोदत्त प्रसादबीच प्रेम भएको थाहा पाएर पनि उल्टै आफूलाई निकै माया गरेर सम्झाउँदा रातो मुख लाएर घर फर्किनु । परिच्छेद २१ नानीथकुँलाई रञ्जना देवीको कुराले भित्री मनसम्मै छुनु, आफू डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुलै चाल नपाएकी लतमायालाई नानीथकुँले धेरै टाउको दुखेर माथि काम गर्न नसक्ने निहुँ देखाउनु, डाक्टर गोदत्त प्रसादको प्रेम, रञ्जना देवीको सम्झाइ र शिव नारानको धम्कीबीच अन्तद्र्धन्द्धमा परेकी नानीथकुँको हालत बिग्रँदै जानु, एता डाक्टर गोदत्त प्रसादको पनि उस्तै छटपटाउने, निराश हुने र दिक्दार हुने हालत भए पछि मन नलागी नलागी खाना खाइ सकेपछि नानीथकुँको घरतर्फ जानु, डाक्टर गोदत्त प्रसाद आएको कुरा हिँडाइको आवाजबाटै थाहा पाएर ...

एक चिहान मुख्य घटनाक्रम १८-१९

  परिच्छेद १८ ‘कपाल दुखेको छ’ भनी नानीथकुँ भात खान नजानु, खना खाइ सकेर सबै आ आफ्नो काम धन्दामा गइसक्दा पनि नानीथकुँ तान कोठामा पनि नजानु, त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल नहुने देखेर नानीथकुँ एक्कासि जुरुक्क उठेर सरासर डाक्टर गोदत्त प्रसादकहाँ जानु, नानीथकुँलाई एक्कासि आफ्नो अगाडि पाउँदा डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित हुँदै आउनुको कारण सोध्दा नानीथकुँको आँखाबाट आँसु छचल्किए पछि बडो मायालु भावमा मुख्य कुरा स्पष्ट भन्न लगाउनु, नानीथकुँले सबै कुरा बेली बिस्तार लाए पछि निराश बनेका डाक्टर गोदत्त प्रसादलाई आश्वासन दिँदै नानीथकुँ आफै उनलाई भेट्न आउने प्रस्ताव राख्नु, आफुकहाँ आइ रहने स्वतन्त्रता नानीथकुँले पाइ रहन नसक्ने कुरा डाक्टर गोदत्त प्रसादले गरे पछि लुकी छिपी आइ रहने र मनाही नै गरिदिए उनकै शरणमा आफू आउने कुरा नानीथकँुले बताउनु,आज क्याजुअल बिदामा बस्ने बताए पछि नानीथकुँ खुशी हुनु र फेरी दुई बीच हँसी मजाक सुरु हुनु, चेवा गरि रहेकी डाक्टर गोदत्त प्रसादकी स्वास्नी रञ्जना देवीले नानीथकुँलाई चाँडै धपाई पठाउने अभिप्रायले वार्ता भङ्...

एक चिहान- मुख्य घटनाक्रम १७

 परिच्छेद १७ डाक्टर गोदत्त प्रसादलाई भेट्टाउनै पर्छ भन्ने मनासयले छिटै घर फर्केका शिव नारानले डाक्टरलाई आफ्नै घर मुनि भेट्टाउनु, आफूलाई वास्तै नगरी हिँड्न लागेका शिव नारानलाई बोलाउँदै डाक्टर गोदत्त प्रसादले दुख सुखको कुरा गर्नु छ भन्दै उनको पछि पछि लागेर फेरी माथि उक्लन थाल्नु, तान कोठामा पुगेर डाक्टर गोदत्त प्रसादले शिव नारानको प्रतिक्षा गरि रहे पनि शिव नारान धेरै बेरसम्म नफर्किनु, डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा शिव नारानको हालखबर सोध्दा शिव नारानले उपेक्षाको भावमा डाक्टरलाई ‘जानु होस्’ भन्नु, डाक्टर गोदत्त प्रसाददेखि रिसले मुर्मुरिएका शिव नारानले डाक्टरले गिद्धेदृष्टि राखेर पसेको कुरा सबैलाई सुनाउनु साथै नानीथकुँलाई डाक्टरबाट टाढै बस्ने चेतावनी दिनु, शिव नारानको रिस कम नहुनु अनि शिव नारानको यस्तो रुप देखेर घरका सबै परिवार थर्कमान हुनु, रिसले आँखै नदेखि रहेका शिव नारानले बहिनी नानीथकुँलाई कडिकडाउका साथ डाक्टर गोदत्त प्रसादलाई ‘अबदेखि यहाँ नआउनु रे’ भन्न लगाउनु, नानीथकुँले आफू लोग्ने मानिससँग त्यस्तरी बोल्न नसक्ने भन्दा शिव नारानले झनै ठूलो स्वरले झपारेपछि तर्सिए...

एक चिहान- मुख्य घटनाक्रम १६

परिच्छेद १६ नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो कोठामा लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्नु, आफूलाई छुट्टै राख्नुपर्ने कुनै कारण नदेखेपछि कुरा आफ्नै बारेमा भइ रहेको अड्कल काटी नानीथकुँ लतमाया र राम बहादुरको कुरा सुन्न जान तम्सिनु, अगाडिका अलिकति बाहेक जम्मै कुरा सुनिसकेकी नानीथकँुलाई आफ्नो मनले डाक्टर गोदत्त प्रसादलाई रोजि सकेको हुनाले त्यो कुरा मन नपरे पनि जवानीको उम्लाइ पोखिइ रहेको हुनाले नमिठो पनि नलाग्नु, बिहेको कुरा लिएर लतमायाले नानीथकुँलाई जिस्काइ रहेको अवस्थामा डाक्टर गोदत्त प्रसाद आइ पुग्नु र आइ सकेपछि तान र तान बुन्नेको प्रशंसा गर्दै आफ्नो लागि पनि दौरा सुरुवाललाई हुने एक थान कपडा बुनिदिन आग्रह गर्नु, एक्कासी लतमायाले नानीथकुँलाई भात पकाउन जान अह्राउँदा नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई ठूलो चोट पर्नु, डाक्टर गोदत्त प्रसाद र नानीथकुँले अनेक उपाय लगाएर लतमायालाई भात पकाउन पठाउन खोजे पनि लतमायाले आफ्नो निर्णय नबदलेपछि नानीथकुँ मन नलागी नलागी भात पकाउन जानु, लतमायाका शब्दले घाइते भएका डाक्टर गोदत्त प्रसाद भलाद्मीको नाममा लतम...

एक चिहान- मुख्य घटनाक्रम १५

परिच्छेद १५ भरियालाई विदेशी तानल बोकाएर आएको राम बहादुरलाई लतमायाले विदेशी तान फिर्ता लान लगाउनु, लतमायामा आएको एकाएकको यस्तो परिवर्तनले चकित परेका राम बहादुरले त्यसको कारण सोध्दा लतमायाले आफ्नो तान हुँदा हुँदै अरुलाई दुःख दिन नहुने छोराहरुको मत भएको बहाना बनाउनु, ठूल्ठूला सामन्तहरुले समेत लिनु पर्ने मद्दत गरिब निमुखाहरुले नकार्न नहुने कुरा राम बहादुरले बताएपछि लतमायाले त्यस्तो अहम् भावले नभई अघि मद्दत दिने मद्दतगारहरुले धोका दिएकाले छोराहरु डराएको कुरा प्रष्ट पार्नु, राम बहादुरले सुब्बा सुरमान त्यस कोटिका मानिस नभएका र उनीहरुलाई मद्दत गर्न कर्तव्य भएको कुरा बताएपछि लतमायाले गाँठी कुरा नबुझेको कुरा बताउनु, अर्को कोठामा लगेर राम बहादुरले लतमायालाई अष्ट नारानले नानीथकुँको हात सुब्बा सुरमानलाई दिइ सकेको कुरा बताउँदा लतमायाले विश्वास नगरेपछि आफूले झुट नबोलेको कसम खानु, कहिल्यै सुख भोग नगरेकी लतमायालाई राम बहादुरले सुब्बा सुरमानसँग सम्बन्ध जोडेपछि हुने फाइदाहरु बताई सपना देखाउनु, ठाडै स्वीकृति नदिए पनि लतमायामा आफ्नो कुराले राम्रो प्रभाव पारेको थाहा पाएर राम बहादुर अरु कुराका लागि ...

एक चिहान- मुख्य घटनाक्रम १४

परिच्छेद १४ भोलिपल्ट बिहानै भात खाएर काममा जान लाग्दा शिव नारानले आमालाई ‘नानीथकुँलाई भात पकाउन लाएर तपार्इँ तान बुन्न बस्नुहोला’ भने पछि छक्क परेर लतमायाले कारण सोध्नु, शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादबीच हुने गरेको ख्याल ठट्टको विवरण बताए पछि लतमायाले डाक्टर आउने गरेको कुरा सत्य भएको तर त्यस्तो गतिविधिको बारेमा केही थाहा नभएको बताउनु, नानीथकुँको हर्कत देखी घृणा र डाक्टरप्रति रिस गरेकी लतमायाले त्यस्तो खबर दिने मान्छेको बारेमा सोधपुछ गर्दा शिव नारानले जो कोहीले भने पनि आफूहरुले होसियारी गर्नैपर्ने कुरा बताउनु, आमाको ‘अर्काको बदनाम गर्न पनि दुर्जनहरुले नचाहिँदो बकवास गर्न सक्छन्’ भन्ने तर्कलाई काट्दै पुन्चाकी स्वास्नीले हाकुमायालाई भनेको सम्पूर्ण कुरा सुनाउनु, डाक्टरलाई ठाडै ‘अबदेखि नआउनू’ भन्न नमिल्ने भएकाले घरमै बस्ने लतमायालाई डाक्टरलाई भगाउने अभिभारा सुम्पनु, काममा जानु भन्दा अगि शिव नारानले लतमायालाई सुब्बा सुरमान पनि डाक्टर गोदत्त प्रसाद जस्तै असल मान्छे नभएकाले उनले दिन खोजेको विदेशी तानको मद्दतलाई पनि अस्वीकार गर्न लगाउनु ।

एक चिहान- मुख्य घटनाक्रम १३

परिच्छेद १३ राति सुत्न लाग्दा हाकुमायाले पति शिव नारानलाई बहिनीको बिहे गर्न ढिलाइ गर्न नहुने कुरा बताउनु, आफ्नो कुरालाई त्यति महत्व नदिएकाले हाकुमायाले नानीथकुँको बारेमा आफूले नराम्रो कुरा सुनेको कुरा बतााएर पतिको ध्यान केन्द्रित गर्नु, डाक्टर गोदत्त प्रसादसँग बहिनी नानीथकुँको प्रेम भएको थाहा पाएर शिव नारान रिस र लाजले नाजवाफ हुनु, डाक्टरलाई नै गाली गर्ने शिव नारानको मनासय थाहा पाएर हाकुमायाले पहिले आफ्नो बहिनीलाई नै सम्हाल्नु राम्रो भएकाले भोलिदेखि नानीथकुँलाई पनि खेतैमा लग्ने उपाय सुझाउनु ।

एक चिहान- मुख्य घटनाक्रम १२

परिच्छेद १२  सबैले भात खान लागेको बेलामा लतमायाले राम बहादुर आएका र उनले देशी तान किनेर मद्दत गर्ने साथै पोहार सालको बाँकी भएको तमसुक च्यातिइ सकेको बारे दिउँसो भएका सारा कुरा बताउनु, यो कुरा सुनेर चकित भएका शिव नारानले आमालाई सो कुरामा मञ्जुर नगर्नु पर्ने भनेपछि लतमायाले दिनेले दिन सक्छ भने लिनेले अस्वीकार गरेर तिरस्कार गर्न नहुने मत जाहेर गर्नु, तमसुक च्यातिएकामा कृतज्ञता जनाएकी लतमायालाई खिन्न पार्दै शिव नारानले तमसुक च्यातिए पनि आफूले आफ्नो धर्मको ख्याल गर्दै बाँकि तिर्नै पर्ने कुरा गरेपछि यो कुरा पुन नारानलाई चित्त नबुझ्नु, सुब्बा सुरमानको यस्तो एकाएकको उदारता शङ्कास्पद भएकाले देशी तानको सहयोग पनि लिन नहुने कुरा शिव नारानले भने पछि लतमायालाई पनि चित्त नबुझ्नु, डाक्टर गोदत्त प्रसाद पनि अगि असल व्यक्ति नभएको तर उसको मद्दतलाई स्वीकारेको कुरा हर्ष नारानले बताएपछि शिव नारानले डाक्टरको मद्दत पनि आफूलाई मिठो नलागेको कुरा बताउनु, ‘डाक्टरको मद्दत मिठो नलागेको’ भनेको सुन्दा तितो लागेर नानीथकुँले मुख बिगारे पनि यो कुरा कसैले थाहा नपाउनु ।

एक चिहान- मुख्य घटनाक्रम ११

परिच्छेद ११ शिव नारानको घरमा डाक्टर गोदत्त प्रसादको आवत जावत बढ्नु, पाँच बज्नासाथै लतमाया तान बुन्न छोडेर भात पकाउन भान्सामा उत्रेपछि डाक्टर गोदत्त प्रसाद आइ पुग्नु, डाक्टर गोदत्त प्रसाद र नानीथकुँबीच विविध कुरामा ठट्टा मजाक र रसरङ्गका कुरा हुनु, कुरै कुरामा डाक्टर गोदत्त प्रसादले नानीथकुँलाई नामको ‘थकुँ’ हटाएर ‘नानी’ मात्र भन्न रुचाएको कुरा व्यक्त गर्नु साथै आफूलाई के भन्न रुचाएको भनी नानीथकुँलाई प्रश्न गर्नु, धेरैबेर पछि नानीथकुँले आफूलाई ‘तिमी’ भन्न रुचाएको कुरा थाहा पाएपछि डाक्टर गोदत्त प्रसादले नानीथकुँलाई अँगाल्न खोज्नु, यस्तैमा लतमायाले नानीथकुँलाई खाना खान बोलाएपछि भोलि फेरी भेट्ने बाचा गर्दै डाक्टर गोदत्त प्रसाद छुट्टिनु ।

एक चिहान- मुख्य घटनाक्रम १०

परिच्छेद १० बाबुको मृत्यु पछि शिव नारानले घरको नेतृत्व लिनु, आमा छोरी दुई जनालाई घरमै कपडा बुनी घर कुर्न लगाउनु, लतमाया र नानीथकुँ तानमा कपडा बुनिरहेको एकदिन आफ्ना तल्सिङ सुब्बा सुरमानका कारिन्दा राम बहादुर आई देशी तानको व्याख्या गर्दै त्यही किन्ने सुझाव दिनु, आफू गरिब भएकाले त्यो सम्भव नभएको कुरा लतमायाले बताएपछि राम बहादुरले कुनै पनि हालतमा सुब्बा सुरमानबाट ऋण लिइ दिने कुरा बताउनु, देशी तानबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना देखेकी लतमायाले गएको साल सुब्बा सुरमानका छोराहरुले आफूमाथि गरेको अन्यायको बारेमा बताउनु, त्यस्तो अन्याय भएको कागज च्यातिइसकेको कुरा बताउँदै राम बहादुरले त्यो बाली पनि माफी गराइदिने बाचा गर्नु, अन्त्यमा लतमायाको स्वीकृति लिएर भोलि आउँदा भरियालाई देशी तान बोकाएर आउने बाचा गर्दै राम बहादुर बिदा हुनु ।

एक चिहान- मुख्य घटनाक्रम ९

परिच्छेद ९ भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरुको ताँती लाग्न थाल्नु, टोलका सबै मानिसहरुबाट समवेदना र पाएर अष्ट नारानको परिवारलाई धैर्य गर्ने बल मिल्नु, टोलका सबैभन्दा ठूला, भलाद्मी, पढेलेखेका र इज्जतदार व्यक्ति डाक्टर गोदत्त प्रसाद पनि घरमै आएर अनेक सान्त्वनाप्रद कुरा गरि अष्ट नारानको पीडित परिवारको वेदना कम गरिदिनु, बाबुप्रतिको परम श्रद्धाको रुपमा बाबुले चाहेझैँ छोराछोरीले कुनै पनि प्रकारको दान दक्षिणा दिने र भोज भतेर खुवाउने कुनै काम नगर्नु, पितृशोकको तेस्रो दिनदेखि शिव नारान आफ्नो खेतको कामधन्दामा हिँड्नु साथै अरु भाइलाई पनि काममा जान अह्राउनु ।

एक चिहान-मुख्य घटनाक्रम ८

परिच्छेद ८ अष्ट नारानको मृत्युले टोलमा सनसनी फैलिइ दाह संस्कारका लागि गुठियारहरु आइपुग्दा शिव नारानलाई बाबुको मृत्युले भन्दा बढ्ता दाह संस्कारको काम कसरी गर्ने भन्ने कुराले पिरोल्नु , भएको पैसा र अन्न पनि बाबुको उपचारमा सकिएपछि बाँकी रहेको सामान बेचेर काम चलाउने सुझाव पुन नारानले दिनु , यस्तो दुखद अवस्थामा सामान बेच्न लैजाने कुरा सर्वमान्य नभए पछि नानीथकुँको सुझावअनुसार डाक्टर गोदत्त प्रसादलाई पैसा सापट माग्न हर्ष नारान र नानीथकुँ जानु , यता मरेको चार घन्टा भइसक्दा पनि लास अन्माउने केही सुरसार नभएकाले गुठियारहरु हत्तारिनु , हर्ष नारान र नानीथकुँ दुवैलाई अस्पतालतर्फ आउँदै गरेको देखेर गोदत्त प्रसादले जिल्ल पर्दै उनीहरु त्यहाँ आउनुको कारण सोध्नु , बडो अप्ठ्यारो मान्दै नानीथकुँले पैसा मागे पछि डाक्टरले झट्टै पैसा दिई दागबत्तीको काम पुरा गर्न दाजु बहिनीलाई पठाउनु ।

एक चिहान - मुख्य घटनाक्रम ७

परिच्छेद ७ अष्ट नारानले आफूलाई नमीठो नजरले हेरेपछि एकछिन जिल्लिएर बिरामीतिर हेरी नाडी छाम्दै डाक्टरले बिरामीको हालतको बारेमा सोधपुछ गर्नु, बिरामीले अप्ठ्यारो भएको कुरा गरेपछि डाक्टरले केही नहुने आश्वासन दिए पनि बडो गौरसित बिरामीको प्रकृति अध्ययन गर्नु, बिरामीले पनि डाक्टरको अनुहार एकटकले हेर्दै आज सोमबारे औँसी पनि परेकाले अलि डराएको महसुस गराउँदै आफू कति दिन बाँच्ने कुरा सोध्नु, आफूले भनेझैँ चिन्ता नगरी बसे अझै धेरै वर्ष बाँच्ने कुरा डाक्टरले बताएपछि अष्ट नारानले आज या भोलि मै आफू मर्छु भन्ने शङ्का व्यक्त गर्नु, अष्ट नारानको सबै परिवारलाई अर्काे कोठामा लगेर आजै मृत्यु हुन सक्ने बताई सबैलाई कुरुवा बस्न पठाएर डाक्टर जानु, लोग्नेको कुराले घायल भएकी लतमायालाई सम्झाउन अष्ट नारानले दुवै जना सँगै मर्ने संयोग पाउनु असम्भव जस्तै भएको बताउँदै आफू मरे पछि पनि कुनै किसिमको दान दक्षिणा नगर्ने उपदेश आफ्ना जहान परिवारलाई दिनु, बोल्दा बोल्दै अचानक बोली रोकिए पछि हिक्का छुट्दै अष्ट नारानको मृत्यु हुनु ।

एक चिहान- मुख्य घटनाक्रम ६

परिच्छेद   ६ डाक्टरको औषधी पर्नासाथ अष्ट नारानलाई राम्रो निद परिदिएकाले अष्ट नारानको परिवारमा आशा पलाउनु , बिउँझँदा आफ्ना सबै परिवार आफ्नो वरिपरी देखेपछि अष्ट नारानले शिव नारानलाई मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्ने किसानको काम कर्तव्य सम्झाउनु , शिव नारान गइ सकेपछि अष्ट नारानले पुन नारानलाई पनि बर्सात सुरु भए पछि घर बनाउने काम कम हुने भएकाले काममा जान लगाउनु , हात खुट्टा बलियो भए पछि काम जति पनि पाइने तर छोराछोरीका लागि बाबु सधैँ नपाइने कुरा पुन नारानले भन्दा उनीहरुले कुर्दैमा आफुलाई एकदिन पनि बढी बचाउन नसक्ने तथ्य अष्ट नारानले भनेपछि पुन नारान पनि नाजवाफ भएर चुप लाग्नु , आफुलाई नकुरी नछोड्ने छोराछोरीको हठ थाहा पाए पछि अष्ट नारानले अरु सबै आ – आफ्नो काममा जान र खाली बुढिया लतमायालाई कुर्न बस्न लगाउनु .

एक चिहान- मुख्य घटनाक्रम ५

परिच्छेद ५ डाक्टर गइ सकेपछि अष्ट नारानले आफ्नो उमेर पुगिसकेकाले डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक्ने सल्लाह दिनु , शिव नारानले डाक्टरलाई देखाउन धेरै पैसा खर्च नहुने बताएपछि गरिबका निम्ति थौरै नै धेरै हो भनि भन्नु , आफ्ना लागि डाक्टरले फिस नलिने कुरा शिव नारानबाट थाहा पाएपछि अष्ट नारानले झन सशङ्कित हुँदै डाक्टरलाई फेरी कहिल्यै नबोलाउन लाउनु , बाबुको कुरा सुनेर शिव नारानको हृदयमा शङ्का उब्जिए पनि आपत्मा काम दिएको हुनाले डाक्टर गोदत्त प्रसाद बदलिएको हुन सक्ने बताउनु , डाक्टरको फिस बच्दैमा पनि औषधी गर्ने पैसा नभएको कुरा अष्ट नारानले भनेपछि लतमायाले त्यो कुरामा चिन्ता नलिइ केवल मन खुसी पारेर बस्न भन्नु ।

एक चिहान- मुख्य घटनाक्रम ४

परिच्छेद ४ जाँचबुझ गरेर प्रेस्क्रिप्सन लेख्दालेख्दै डाक्टरले आफूतिर हेरेर बाबुलाई निमोनियाले छोइसकेको र व्यथा भएको बताएपछि नानीथकँँुले अँध्यारो मुख लाउनु , नानीथकुँले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले आफूले कोसिस गर्ने र धेरै चिन्ता नलिन भन्नु , लतमायाबाट छोरी नानीथकुँको विवाह भइ नसकेको थाहा पाए पछि भरे इन्जेक्सन पनि आपै m ले दिने बताउँदै हिँड्न लाग्दा शिव नारानले फिस दिनु , नानीथकुँको रुप र यौवनबाट मुग्ध भएका डाक्टर घर फर्कि सकेर पनि धेरै बेरसम्म नानीथकुँको अनुहार सम्झिरहनु , पाँच बज्नासाथ डाक्टर गोदत्त प्रसाद अस्पतालबाट आफै आएर सबै जाँचबुझ गरिदिँदा अष्ट नारानको पीडित परिवारलाई सान्त्वना मिल्नु , डाक्टर जान लागेको बेलामा शिव नारानले फिस दिन खोज्दा एकछिन अनकनाएर बिरामीलाई निको बनाएपछि मात्र फिस लिने कुरा बताउनु ।