Skip to main content

Posts

Showing posts with the label नालापानीमा

नालापानीमा-उद्देश्य

'नालापानीमा'  नेपाली ऐतिहासिक विषयमा आधारित एक सङ्गित नाटक  हो । नेपाली वीरता, देशभक्ति र जातिय स्वाभिमानको गुणगान गर्दै वीरहरुप्रति श्रद्धा व्यक्त गर्न र पछिल्लो पुस्तालाई देशभक्तिको सन्देश दिनु यसको मूल उद्देश्य हो । आफ्नो कब्जामा आइसकेको शत्रुलाई पनि उसको माग अनुसार औषधी उपचार गरी उसको देशभक्तिपूर्ण भावनाको कदर गर्दै आदरपूर्वक स्वदेश फर्काइदिने अङ्ग्रेजी उद्वारता र मानवतावादको पक्षलाई देखाउनु यसको अर्को उद्देश्य हो । नेपालको रक्षा र राष्ट्रियताको सवालमा सबै नेपालीहरु एकताबद्ध भएको देखाउन नाटककारले हिमाल, पहाड र तराइ उपत्यकाबासीहरुका साथै उनीहरुका बहुसंस्कृतिलाई प्रस्तुत गरेका छन् । भिन्न भिन्न लोकलयको प्रयोग गरी समावेशी संस्कृति तथा अनेकतामा एकताको भाव प्रस्तुत भएको छ । नरे कार्कीका माध्यमबाट नेपालीहरु वलिदान दिन तयार हुन्छन् तर मातृभूमिलाई धोका दिएर पराइसामू झुक्न चाहँदैनन् भन्ने राष्ट्रिय स्वाभिमानको अभिव्यक्तिको साथै कर्णेल मबीका माध्यमबाट प्रेम र मानवताका रक्षा युद्धमा पनि हुन सक्छ भन्ने मानवतावादि विचार अघि सारिएको छ । नरे कार्की र कर्णेल मबीजस्ता आ–आफ्नो दे...

नालापानीमा-पात्र परिचय

२. कर्णेल मबी नाटकको दोस्रो प्रमुख पात्र कर्णेल मबी ऐतिहासिक चरित्र हो । युद्धमा साम , दाम , दण्ड , भेद सबै नीति अवलम्बन गर्न जान्ने मबी बेलायती सेनाका कुशल सेनापति हो । नरेलाई अनेक प्रलोभन देखाएर आफ्नो पक्षमा पार्न खोज्नु उसको चलाखी हो । शरणमा आएको शत्रुलाई पनि दया गर्ने मबी मानवतावादी चरित्र हो । विरोधीहरुको समेत गुणको चर्चा गर्ने , प्रशंसा गर्ने , देशभक्ति कदर गर्ने ऊ स्वयम् देशभक्त  चरित्र  हो ।

नालापानीमा-परिचय

वि.सं. १८७१ मा नालापानीमा भएको  ऐतिहासिक  नेपाल–अङ्ग्रेज युद्धको सन्दर्भलाई लिएर रचिएको यस ऐतिहासिक नाटकमा सुरुदेखि अन्त्यसम्म देशभक्तिको भावना छताछुल्ल पोखिएको छ । युद्धमा नेपाली सैनिकहरुले प्रदर्शन गरेको सुरता, वीरता, देश प्रेम र आत्म स्वाभिमानलाई देखाउनु यस नाटकको उद्देश्य हो । प्रमुख पात्र नरे कार्कीका माध्यमबाट नेपाली वीरहरु व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थलाई महत्व दिन्छन् भन्ने पुष्टि गरिएको छ ।  कर्णेल मबीले अनेक प्रलोभन देखाउँदा पनि त्यसलाई लत्याउँदै आफ्नो प्राण आफ्नै लोकमा बिसर्जन गर्ने प्रतिबद्धता जाहेर गरेर  नरे कार्की ले  राष्ट्रभक्त र स्वाभिमान सिपाहीको परिचय दिएको छ । देश र देशबासीका लागि नेपालीहरु भोकभाकै भएर पनि राष्ट्रको अस्तित्व बचाउँछन् भन्ने भावका गित नेपाल खाल्डो निवासीले, यस्तै हिमालबासी, पर्वतबासी र तराईबासीहरुले पनि राष्ट्रभक्ति र जातिय स्वाभिमानका गित गाएका छन् । यहाँ  नेपाली वीरहरु मातृभूमिको अस्तित्व रक्षाका लागि लड्डालड्डै बगेको रगतले धर्तीमाताको ऋण तिरेको सम्झेर गौरव गर्छन् भन्ने भाव व्यक्त भएको छ । नाट...