परिच्छेद २६
- किसानका लागि वर्षा अति नै प्रिय भए पनि आफ्नो घर भत्किन लागेकाले शिव नारानको परिवार त्रसित जीवन बिताइ रहनु,
- भात खाँदै गर्दा एउटा घर बनाउनै पर्ने लतमायाको भनाइमा सबैले स्वीकृति जनाउनु,
- हर्ष नारान र लतमाया बिहेको कुरा गरि रहँदा नानीथकुँलाई आफूलाई कसैले बोलाइ रहेकाजस्तो महसुस भएर झ्यालतिर जानु,
- एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद आएर आफू उनैलाई लिन सबै बन्दोबस्त मिलाएर आएको कुरा गर्नु,
- नानीथकुँले डाक्टर गोदत्त प्रसादको प्रस्तावलार्ई ठाडै अस्वीकार गरेपछि उनी खिन्न भएर फर्कनु ।
परिच्छेद २७
- हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फुलि रहेको देखेर छक्क परेकी लतमायाले कारण सोध्दा धेरै बेरपछि मात्र लजाउँदै आफूले आफ्नो लागि दुलही भेटेको र बिहे गर्न चाहेको बताउनु,
- आफ्नी दुलही तामाङ्नी र आफू जस्तै एक ज्यामी भएको कुरा हर्ष नारानले लतमायालाई बताएपछि लतमायाले खुसीसाथ स्वीकार गर्नु,
- बेलुकातिर यो खबर पुन नारानले शिव नारानलाई पनि दिनु,
- नेवार र पर्वतेको सम्बन्ध जोडिन लागेको देखेर शिव नारान पनि औधी खुसी हुनु ।
परिच्छेद २८
- दुलहीलाई डोलीमा ल्याउने स्वास्नी मानिसहरुको रायको चर्को विरोध गरेका शिव नारानलाई भाइ पुन नारानको पनि पूर्ण साथ मिलि रहेको बेला हर्ष नारानको स्वेच्छाले हिँडाएर ल्याउने निर्णय हुनु,
- दुलही लिन आएका पुन नारान र हर्ष नारानलाई दुलहीका पिता माहिला तामाङले हृदयबाटै स्वागत र सत्कार गर्नु,
- उपहारस्वरुप माहिला तामाङले आफ्नी छोरीलाई डोको, नाम्लो र एउटा हँसिया सुम्पिदिनु,
- नव दुलही पुतलीलाई देखेर आइमाईहरुका बीच ‘पाखे र गरिब’ कुरा चल्न थाल्नु
- दश रुपियाँ सापटी लिएर शिव नारानले हर्ष नारानको विवाहको अवसरमा सानो तिनो भोजको आयोजना गर्नु ।
Comments
Post a Comment