परिच्छेद २९
- होसियारीको चेतावनी सबैलाई दिँदै नानीथकुँलाई घरमै छोडेर दिनभरि खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिव नारान एक्लै खेततिर लाग्नु,
- नानीथकुँको विवाह जति सक्दो चाँडो गराउने दौडधुपमा लागेका शिव नारानले एक हप्ताभित्रै एउटा सुयोग्य वर फेला पार्नु,
- दुलाहा हुने केटो हरेक गुणले योग्य र तराईको भएकाले शिव नारान औधी खुसी हुनु,
- नानीथकुँ र दुलाहा राम खेलवान राउत दुवैको सहमतिमा दुई दिनमै विवाह सम्पन्न हुनु,
परिच्छेद ३०
- भाइ बहिनीहरुको व्यवहार सिद्धिई हलुङ्गो भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी हुनु,
- छोराछोरी र श्रीमती हाकुमाया सबैलाई फुक्र्याउँदै शिव नारानले खेतमा मेहनत गर्न प्रोत्साहन गर्नु,
परिच्छेद ३१
- तीन दिनदेखि अनवरत पानी परेर बाढीको रुप लिन थालेपछि शिव नारानलाई साहुको ऋण तिर्ने कुराले पिर्नु,
- बाढी बढ्दै आएर शिव नारान बसेको छाप्रो सहित शिव नारानको सबै परिवारलाई बाढीले बगाएर लैजानु,
- उता शिव नारानको घर पनि भत्किएर सबैको एकै चिहान हुनु,
- भोलिपल्ट क्वेनामा शिव नारानको परिवारका मानिसहरुको लासको हकवाला कोही पनि नभए पछि बेवारिस हुनु,
- सबैको घर बनाउने सिकर्मी र बिचरा ज्यामीहरु घर मर्मत गर्न नपाई आज आफ्नै घरले थिचिएर एक चिहान हुनु ।
Comments
Post a Comment