रञ्जना देवी
उपन्यासको उत्तरार्धमा देखा परेकी रञ्जना देवी उल्लेखनीय सहायक पात्र हो । प्रोफेसरकी छोरी र डाक्टरकी पत्नीको रुपमा देखिएकी रञ्जना देवी शिक्षित, बोलक्कड र चतुर नारी हुन् ।
पतिको कुकर्मलाई सच्याउन सफल, कुकर्म गर्ने पतिसँग प्रतिकार गर्न सक्ने उनी सचेत, दुरदर्शी र साहसी नारीको रुपमा प्रस्तुत भएकी छिन् ।
अबोध र अल्लारे केटी नानीथकुँलाई कामुक पुरुषको जालबाट मुक्त गर्न सफल नारीप्रति सम्मान प्रकट गर्ने शिक्षित, सभ्य र असल चरित्र हुन् ।
प्रेम स्वस्थ र सुहाँउदो हुनुपर्छ, नारीले आफ्नो जीवन स्वार्थी पुरुषहरुको भोगका निम्ति समर्पित गर्नु हुन्न, नारी र पुरुषबीच आपसी सहयोग, मेलमिलाप, समानता र सहअस्तित्वमा आधारित सम्बन्ध हुनुपर्छ भन्ने मान्यता राख्ने रञ्जना देवी जागरुक र प्रगतिशील नारी पात्र हुन् ।
Comments
Post a Comment