२.कर्णेल मबी
नाटकको दोस्रो प्रमुख पात्र कर्णेल मबी ऐतिहासिक चरित्र हो ।
युद्धमा साम, दाम, दण्ड, भेद सबै नीति अवलम्बन गर्न जान्ने मबी बेलायती सेनाका कुशल सेनापति हो ।
नरेलाई अनेक प्रलोभन देखाएर आफ्नो पक्षमा पार्न खोज्नु उसको चलाखी हो ।
शरणमा आएको शत्रुलाई पनि दया गर्ने मबी मानवतावादी चरित्र हो ।
विरोधीहरुको समेत गुणको चर्चा गर्ने, प्रशंसा गर्ने, देशभक्ति कदर गर्ने ऊ स्वयम् देशभक्त चरित्र हो ।
Comments
Post a Comment