१.नरे कार्की
नाटकको प्रमुख पात्र नरे कार्की एक वीर सैनिक हो जसले नेपाली वीर पुर्खाहरुको प्रतिनिधित्व गरेको छ ।
ऊ एउटा आत्म समर्पण नगर्ने, नीर्भिक र स्वाभिमान चरित्र हो जसले बहादुर नेपालीको पहिचान दिएको छ ।
विरोधीको किल्लामा पुगेर उपचार गराउन सफल ऊ एउटा चलाख चरित्र हो ।
आफ्नै देशमा प्राण अर्पण गर्न चाहने अटल राष्ट्रभक्ति भएको नरे कार्की आदर्श चरित्र हो ।
नरेले व्यक्तिगत स्वार्थभन्दा माथि राष्ट्रियतालाई राखेको छ ।
राष्ट्रको अस्तित्व र स्वाधिनताका लागि आत्म वलिदान गर्न तयार नरे ज्यानको पर्वाह नगर्ने योद्धाको रुपमा चिनिएको छ ।
विरोधीहरुलाई पनि आफ्नो विचारले प्रभावित पार्न सक्ने ऊ कुशल कुटनीतिक चरित्र पनि हो ।
राष्ट्र र राष्ट्रियताका लागि, जातिय स्वाभिमानका लागि जीवनको आहुति तत्पर नरेले साहसी र स्वाभिमानी योद्धाको एवम् वीर नेपालीहरुको परिचय दिएको छ ।
Comments
Post a Comment