'नालापानीमा' नेपाली ऐतिहासिक विषयमा आधारित एक सङ्गित नाटक हो ।
नेपाली वीरता, देशभक्ति र जातिय स्वाभिमानको गुणगान गर्दै वीरहरुप्रति श्रद्धा व्यक्त गर्न र पछिल्लो पुस्तालाई देशभक्तिको सन्देश दिनु यसको मूल उद्देश्य हो ।
आफ्नो कब्जामा आइसकेको शत्रुलाई पनि उसको माग अनुसार औषधी उपचार गरी उसको देशभक्तिपूर्ण भावनाको कदर गर्दै आदरपूर्वक स्वदेश फर्काइदिने अङ्ग्रेजी उद्वारता र मानवतावादको पक्षलाई देखाउनु यसको अर्को उद्देश्य हो ।
नेपालको रक्षा र राष्ट्रियताको सवालमा सबै नेपालीहरु एकताबद्ध भएको देखाउन नाटककारले हिमाल, पहाड र तराइ उपत्यकाबासीहरुका साथै उनीहरुका बहुसंस्कृतिलाई प्रस्तुत गरेका छन् ।
भिन्न भिन्न लोकलयको प्रयोग गरी समावेशी संस्कृति तथा अनेकतामा एकताको भाव प्रस्तुत भएको छ ।
नरे कार्कीका माध्यमबाट नेपालीहरु वलिदान दिन तयार हुन्छन् तर मातृभूमिलाई धोका दिएर पराइसामू झुक्न चाहँदैनन् भन्ने राष्ट्रिय स्वाभिमानको अभिव्यक्तिको साथै कर्णेल मबीका माध्यमबाट प्रेम र मानवताका रक्षा युद्धमा पनि हुन सक्छ भन्ने मानवतावादि विचार अघि सारिएको छ ।
नरे कार्की र कर्णेल मबीजस्ता आ–आफ्नो देशप्रति बफदार मुख्य चरित्रको चयन गरी नाटकलाई प्रभावकारी बनाइएको छ ।

Comments
Post a Comment