Skip to main content

एक चिहान- मुख्य घटनाक्रम ९

परिच्छेद ९

  • भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरुको ताँती लाग्न थाल्नु,
  • टोलका सबै मानिसहरुबाट समवेदना र पाएर अष्ट नारानको परिवारलाई धैर्य गर्ने बल मिल्नु,
  • टोलका सबैभन्दा ठूला, भलाद्मी, पढेलेखेका र इज्जतदार व्यक्ति डाक्टर गोदत्त प्रसाद पनि घरमै आएर अनेक सान्त्वनाप्रद कुरा गरि अष्ट नारानको पीडित परिवारको वेदना कम गरिदिनु,
  • बाबुप्रतिको परम श्रद्धाको रुपमा बाबुले चाहेझैँ छोराछोरीले कुनै पनि प्रकारको दान दक्षिणा दिने र भोज भतेर खुवाउने कुनै काम नगर्नु,
  • पितृशोकको तेस्रो दिनदेखि शिव नारान आफ्नो खेतको कामधन्दामा हिँड्नु साथै अरु भाइलाई पनि काममा जान अह्राउनु ।


Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु ...

एक चिहान-पात्र परिचय

सुब्बा सुरमान उपन्यासको सहायक खलपात्र सुब्बा सुरमान तत्कालिन नेपाली समाजका शोसक, साहु महाजन र सामन्तीहरुको प्रतिनिधि चरित्र हो । नारीको यौवनलाई खेलौना ठान्ने सुब्बा सुरमान कामुक र विलासी चरित्र देखिन्छ । धनको आडमा धाकधम्की देखाएर गरिबको जीवनमा खेलबाड गर्ने शोसक सुरमान दुष्ट चरित्र हो ।