Skip to main content

एक चिहान - मुख्य घटनाक्रम ७

परिच्छेद ७
  • अष्ट नारानले आफूलाई नमीठो नजरले हेरेपछि एकछिन जिल्लिएर बिरामीतिर हेरी नाडी छाम्दै डाक्टरले बिरामीको हालतको बारेमा सोधपुछ गर्नु,
  • बिरामीले अप्ठ्यारो भएको कुरा गरेपछि डाक्टरले केही नहुने आश्वासन दिए पनि बडो गौरसित बिरामीको प्रकृति अध्ययन गर्नु,
  • बिरामीले पनि डाक्टरको अनुहार एकटकले हेर्दै आज सोमबारे औँसी पनि परेकाले अलि डराएको महसुस गराउँदै आफू कति दिन बाँच्ने कुरा सोध्नु,
  • आफूले भनेझैँ चिन्ता नगरी बसे अझै धेरै वर्ष बाँच्ने कुरा डाक्टरले बताएपछि अष्ट नारानले आज या भोलि मै आफू मर्छु भन्ने शङ्का व्यक्त गर्नु,
  • अष्ट नारानको सबै परिवारलाई अर्काे कोठामा लगेर आजै मृत्यु हुन सक्ने बताई सबैलाई कुरुवा बस्न पठाएर डाक्टर जानु,
  • लोग्नेको कुराले घायल भएकी लतमायालाई सम्झाउन अष्ट नारानले दुवै जना सँगै मर्ने संयोग पाउनु असम्भव जस्तै भएको बताउँदै आफू मरे पछि पनि कुनै किसिमको दान दक्षिणा नगर्ने उपदेश आफ्ना जहान परिवारलाई दिनु,
  • बोल्दा बोल्दै अचानक बोली रोकिए पछि हिक्का छुट्दै अष्ट नारानको मृत्यु हुनु ।

Comments