Skip to main content

एक चिहान- मुख्य घटनाक्रम १५

परिच्छेद १५

  • भरियालाई विदेशी तानल बोकाएर आएको राम बहादुरलाई लतमायाले विदेशी तान फिर्ता लान लगाउनु,
  • लतमायामा आएको एकाएकको यस्तो परिवर्तनले चकित परेका राम बहादुरले त्यसको कारण सोध्दा लतमायाले आफ्नो तान हुँदा हुँदै अरुलाई दुःख दिन नहुने छोराहरुको मत भएको बहाना बनाउनु,
  • ठूल्ठूला सामन्तहरुले समेत लिनु पर्ने मद्दत गरिब निमुखाहरुले नकार्न नहुने कुरा राम बहादुरले बताएपछि लतमायाले त्यस्तो अहम् भावले नभई अघि मद्दत दिने मद्दतगारहरुले धोका दिएकाले छोराहरु डराएको कुरा प्रष्ट पार्नु,
  • राम बहादुरले सुब्बा सुरमान त्यस कोटिका मानिस नभएका र उनीहरुलाई मद्दत गर्न कर्तव्य भएको कुरा बताएपछि लतमायाले गाँठी कुरा नबुझेको कुरा बताउनु,
  • अर्को कोठामा लगेर राम बहादुरले लतमायालाई अष्ट नारानले नानीथकुँको हात सुब्बा सुरमानलाई दिइ सकेको कुरा बताउँदा लतमायाले विश्वास नगरेपछि आफूले झुट नबोलेको कसम खानु,
  • कहिल्यै सुख भोग नगरेकी लतमायालाई राम बहादुरले सुब्बा सुरमानसँग सम्बन्ध जोडेपछि हुने फाइदाहरु बताई सपना देखाउनु,
  • ठाडै स्वीकृति नदिए पनि लतमायामा आफ्नो कुराले राम्रो प्रभाव पारेको थाहा पाएर राम बहादुर अरु कुराका लागि पर्सि नै आउने कुरा गर्दै बिदावारी हुनु ।

Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु ...

एक चिहान-पात्र परिचय

सुब्बा सुरमान उपन्यासको सहायक खलपात्र सुब्बा सुरमान तत्कालिन नेपाली समाजका शोसक, साहु महाजन र सामन्तीहरुको प्रतिनिधि चरित्र हो । नारीको यौवनलाई खेलौना ठान्ने सुब्बा सुरमान कामुक र विलासी चरित्र देखिन्छ । धनको आडमा धाकधम्की देखाएर गरिबको जीवनमा खेलबाड गर्ने शोसक सुरमान दुष्ट चरित्र हो ।