Skip to main content

एक चिहान- मुख्य घटनाक्रम १६

परिच्छेद १६

  • नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो कोठामा लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्नु,
  • आफूलाई छुट्टै राख्नुपर्ने कुनै कारण नदेखेपछि कुरा आफ्नै बारेमा भइ रहेको अड्कल काटी नानीथकुँ लतमाया र राम बहादुरको कुरा सुन्न जान तम्सिनु,
  • अगाडिका अलिकति बाहेक जम्मै कुरा सुनिसकेकी नानीथकँुलाई आफ्नो मनले डाक्टर गोदत्त प्रसादलाई रोजि सकेको हुनाले त्यो कुरा मन नपरे पनि जवानीको उम्लाइ पोखिइ रहेको हुनाले नमिठो पनि नलाग्नु,
  • बिहेको कुरा लिएर लतमायाले नानीथकुँलाई जिस्काइ रहेको अवस्थामा डाक्टर गोदत्त प्रसाद आइ पुग्नु र आइ सकेपछि तान र तान बुन्नेको प्रशंसा गर्दै आफ्नो लागि पनि दौरा सुरुवाललाई हुने एक थान कपडा बुनिदिन आग्रह गर्नु,
  • एक्कासी लतमायाले नानीथकुँलाई भात पकाउन जान अह्राउँदा नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई ठूलो चोट पर्नु,
  • डाक्टर गोदत्त प्रसाद र नानीथकुँले अनेक उपाय लगाएर लतमायालाई भात पकाउन पठाउन खोजे पनि लतमायाले आफ्नो निर्णय नबदलेपछि नानीथकुँ मन नलागी नलागी भात पकाउन जानु,
  • लतमायाका शब्दले घाइते भएका डाक्टर गोदत्त प्रसाद भलाद्मीको नाममा लतमायासँग बाल्दै बसे पनि नमज्जा भएपछि भोली फेरी आउने कुरा बताउँदै जान लाग्दा लतमायाले बिना काम यसरी आइ रहनु पर्ने जरुरी नभएको बताउनु ।


Comments

Popular posts from this blog

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु ...

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-पात्र परिचय

लतमाया अष्ट नारानकी वृद्धा पत्नी लतमाया लोग्नेप्रति समर्पित , छोराछोरीहरुप्र्रति चिन्ता र चासो राख्ने आदर्श पत्नी र आमाको रुपमा चिनिन्छिन् । सधैँ दुखमात्र गरेकी कहिल्यै सुखको अनुभव गर्न नपाएकी लतमाया आर्थिक तनावबाट मुक्त भएर सुखी जीवन बिताउन चाहन्छिन् । देशी तानको बदलामा आफ्नी छोरीको जवानी बुढो सुब्बासँग साट्न लागेकी सोझी लतमाया धनप्रति लुब्ध देखिन्छिन् ।