परिच्छेद १७
- डाक्टर गोदत्त प्रसादलाई भेट्टाउनै पर्छ भन्ने मनासयले छिटै घर फर्केका शिव नारानले डाक्टरलाई आफ्नै घर मुनि भेट्टाउनु,
- आफूलाई वास्तै नगरी हिँड्न लागेका शिव नारानलाई बोलाउँदै डाक्टर गोदत्त प्रसादले दुख सुखको कुरा गर्नु छ भन्दै उनको पछि पछि लागेर फेरी माथि उक्लन थाल्नु,
- तान कोठामा पुगेर डाक्टर गोदत्त प्रसादले शिव नारानको प्रतिक्षा गरि रहे पनि शिव नारान धेरै बेरसम्म नफर्किनु,
- डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा शिव नारानको हालखबर सोध्दा शिव नारानले उपेक्षाको भावमा डाक्टरलाई ‘जानु होस्’ भन्नु,
- डाक्टर गोदत्त प्रसाददेखि रिसले मुर्मुरिएका शिव नारानले डाक्टरले गिद्धेदृष्टि राखेर पसेको कुरा सबैलाई सुनाउनु साथै नानीथकुँलाई डाक्टरबाट टाढै बस्ने चेतावनी दिनु,
- शिव नारानको रिस कम नहुनु अनि शिव नारानको यस्तो रुप देखेर घरका सबै परिवार थर्कमान हुनु,
- रिसले आँखै नदेखि रहेका शिव नारानले बहिनी नानीथकुँलाई कडिकडाउका साथ डाक्टर गोदत्त प्रसादलाई ‘अबदेखि यहाँ नआउनु रे’ भन्न लगाउनु,
- नानीथकुँले आफू लोग्ने मानिससँग त्यस्तरी बोल्न नसक्ने भन्दा शिव नारानले झनै ठूलो स्वरले झपारेपछि तर्सिएकी नानीथकुँ रातभरी सुत्न नसक्नु ।
Comments
Post a Comment