परिच्छेद २४
परिच्छेद २५
- रोपाइँको थकान मेट्न शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टर गोदत्त प्रसादसँग नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग नानीथकुँको विवाहको कुरा चलाउनु,
- शिव नारानले लतमायाको प्रस्ताव सहर्ष स्वीकार गरे पनि आफ्नो प्रगतिशील विचारको प्रभावले गर्दा मानिसहरु हच्किएको र नानीथकुँ आफैले पनि आफ्ना लागि सिल्पट दुलाहा खोजेकाले आफू दोधारमा परेको कुरा बताउनु,
- मौकाको फाइदा उठाउँदै लतमायाले सुब्बा सुरमानको कुरा अघि सार्दा शिव नारानले रिसाउँदै आमालाई झपार्नु,
- ठिक त्यहीँ बेला राम बहादुर पनि आइ पुगेपछि कुरा गर्दा गर्दै कुराले झगडाको रुप लिनु,
- राम बहादुरले तानको पैसा माग्दा शिव नारानले तानै फिर्ता गरिदिने कुरा गरेपछि हाकुमायाले कागज नभएको तान त्यस्ता बेइमानी मानिसलाई फिर्ता नदिने कुरा गर्नु ।
परिच्छेद २५
- आफ्नो कोठाको एक परिवारलाई खेतमै बस्ने बन्दोबस्त मिलाएका शिव नारानले नानीथकुँलाई पनि आफूसँगै खेतमा लैजान थाल्नु,
- निदाउन निदाउन खोजि रहेकी हाकुमायालाई बिउँझाएर शिव नारान ठट्टा गर्न थाल्नु,
- यतिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा लौरो लिएर धपाउन जानु,
- गाईलाई साह्रै नै पिटि सकेपछि हाकुमायाले शिव नारानलाई रोक्तै भोलि ठानामा लगेर बुझाइदिने सल्लाह दिनु ।
Comments
Post a Comment