परिच्छेद १८
परिच्छेद १९
- ‘कपाल दुखेको छ’ भनी नानीथकुँ भात खान नजानु,
- खना खाइ सकेर सबै आ आफ्नो काम धन्दामा गइसक्दा पनि नानीथकुँ तान कोठामा पनि नजानु,
- त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल नहुने देखेर नानीथकुँ एक्कासि जुरुक्क उठेर सरासर डाक्टर गोदत्त प्रसादकहाँ जानु,
- नानीथकुँलाई एक्कासि आफ्नो अगाडि पाउँदा डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित हुँदै आउनुको कारण सोध्दा नानीथकुँको आँखाबाट आँसु छचल्किए पछि बडो मायालु भावमा मुख्य कुरा स्पष्ट भन्न लगाउनु,
- नानीथकुँले सबै कुरा बेली बिस्तार लाए पछि निराश बनेका डाक्टर गोदत्त प्रसादलाई आश्वासन दिँदै नानीथकुँ आफै उनलाई भेट्न आउने प्रस्ताव राख्नु,
- आफुकहाँ आइ रहने स्वतन्त्रता नानीथकुँले पाइ रहन नसक्ने कुरा डाक्टर गोदत्त प्रसादले गरे पछि लुकी छिपी आइ रहने र मनाही नै गरिदिए उनकै शरणमा आफू आउने कुरा नानीथकँुले बताउनु,आज क्याजुअल बिदामा बस्ने बताए पछि नानीथकुँ खुशी हुनु र फेरी दुई बीच हँसी मजाक सुरु हुनु,
- चेवा गरि रहेकी डाक्टर गोदत्त प्रसादकी स्वास्नी रञ्जना देवीले नानीथकुँलाई चाँडै धपाई पठाउने अभिप्रायले वार्ता भङ्ग गराउन बिरामी हेर्ने कोठामा आउनु,
परिच्छेद १९
- डाक्टर गोदत्त प्रसादले भात खाइ रहेको बेलामा रञ्जना देवीले गोदत्त प्रसाद र नानीथकुँबीच भइ रहेको चर्तिकलाको प्रतिकार गर्नु,
- रञ्जना देवीको झम्टाइ र आक्षेप देखेर केही बोल्न नसकी डाक्टर गोदत्त प्रसाद केवल मुसुमुसु हाँसेर टार्न खोज्नु,
- आफ्नो बचाउ गर्न डाक्टर गोदत्त प्रसादले रञ्जना देवीलाई यसरी अर्काको चेव गर्न शिक्षित महिलालाई नसुहाउने भन्दा रञ्जना देवीले ‘उल्टा चोर कोतवालको डाँटे’ भन्दै उर्ले पछि गोदत्त प्रसाद अवाक् हुनु ।
Comments
Post a Comment