परिच्छेद २०
परिच्छेद २१
- डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना देवीले नानीथकुँलाई बोलाउन पठाउनु,
- ‘आउनू’ भन्ने सन्देश पाउनासाथ खुसी हुँदै नानीथकुँ गोदत्त प्रसादको घरतर्फ जानु,
- तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगेर अनेक कुरा गरी नानीथकुँलाई सम्झाइ बुझाइ गरी पठाउनु,
- रञ्जना देवीले आफ्नो र डाक्टर गोदत्त प्रसादबीच प्रेम भएको थाहा पाएर पनि उल्टै आफूलाई निकै माया गरेर सम्झाउँदा रातो मुख लाएर घर फर्किनु ।
परिच्छेद २१
- नानीथकुँलाई रञ्जना देवीको कुराले भित्री मनसम्मै छुनु,
- आफू डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुलै चाल नपाएकी लतमायालाई नानीथकुँले धेरै टाउको दुखेर माथि काम गर्न नसक्ने निहुँ देखाउनु,
- डाक्टर गोदत्त प्रसादको प्रेम, रञ्जना देवीको सम्झाइ र शिव नारानको धम्कीबीच अन्तद्र्धन्द्धमा परेकी नानीथकुँको हालत बिग्रँदै जानु,
- एता डाक्टर गोदत्त प्रसादको पनि उस्तै छटपटाउने, निराश हुने र दिक्दार हुने हालत भए पछि मन नलागी नलागी खाना खाइ सकेपछि नानीथकुँको घरतर्फ जानु,
- डाक्टर गोदत्त प्रसाद आएको कुरा हिँडाइको आवाजबाटै थाहा पाएर नानीथकुँले आफ्नो कोठामा लगेर आफूले प्रेम वापस लिने कुरा गर्नु ।
Comments
Post a Comment