Skip to main content

एक चिहान मुख्य घटनाक्रम २२-२३

परिच्छेद २२

  • नानीथकुँ र डाक्टर गोदत्त प्रसादसँग उठेको रिस बिर्सिन नसकेका शिव नारान खेतबाट पाँच बज्दा नबज्दै फकिँदा डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरबाट फर्कँदै गरेको देख्ता रिसले भुतक्क हुनु,
  • तान कोठामा नानीथकुँलाई नदेख्दा झनै रिसाएर शिव नारानले आमालाई र नानीथकुँलाई पनि निकै गाली गर्नु,
  • नानीथकुँको मन पसन्द र स्वतन्त्रताको पनि कदर गर्नु पर्ने हर्ष नारानको मतलाई खण्डन गर्दै शिव नारान आफूले समान उमेरका मानिसबीच रहने स्वस्थ प्रेम सम्बन्धको समर्थन गर्ने तर अनमेल सम्बन्धको कडा विरोध गर्ने कुरा बताउनु
  • दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग मेटाउन भोलिदेखि नानीथकुँलाई पनि खेतमा सँगै लैजाने सल्लाह दिनु ।


परिच्छेद २

  • आज शिव नारानको परिवारका सारा सदस्य रोपाइँको काममा मग्नमस्त भइरहनु,
  • रोपाइँको आनन्द र जाँड रक्सीको सुरले नानीथकुँले एकछिनका लागि आफ्नो पीडा भुले पनि रोपाहारहरुलाई पान सुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी आएका डाक्टर गोदत्त प्रसादलाई देखेर फेरी व्यथा बल्झेको महसुस गर्नु,
  • अनेक मरमसला मिसाइएको पान डाक्टर गोदत्त प्रसादले शिव नारान लगायत उनका परिवार र खेतालालाई पनि बाँड्नु,
  • हिले पानी खेल्ने बेलामा नानीथकुँले डाक्टर गोदत्त प्रसादलाई हातमा तानेर खेतमा खसालेको देखेर शिव नारान नानीथकुँदेखि रिसाएको भावमा धेरै वाहियाती नबन्न भन्नु ।


Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु ...

एक चिहान-पात्र परिचय

सुब्बा सुरमान उपन्यासको सहायक खलपात्र सुब्बा सुरमान तत्कालिन नेपाली समाजका शोसक, साहु महाजन र सामन्तीहरुको प्रतिनिधि चरित्र हो । नारीको यौवनलाई खेलौना ठान्ने सुब्बा सुरमान कामुक र विलासी चरित्र देखिन्छ । धनको आडमा धाकधम्की देखाएर गरिबको जीवनमा खेलबाड गर्ने शोसक सुरमान दुष्ट चरित्र हो ।