कक्षा ९ मा हामीलाई ड्रेस कोडमा त्यो कोट पनि अनिवार्य रुपमा थप्न लगाइएको थियो । २०–२५ जनाले एकै ठाउँमा सिलाउने भएकाले र एउटा साथिले चिनेको टेलर भएकाले जम्मा रु. २४०० ।– मा ‘ह्युज डिस्काउन्ट’का साथ त्यो कोट सिलाइएको थियो । जान्ने सुन्नेको भाषामा ‘ब्लेजर’ र प्रिन्सिपल सरको भाषामा ‘जकेट(ज्याकेट होइन)’ भए पनि मेरो लागि त्यो लुगा कोट नै थियो, मेरो जीवनभरको सबभन्दा महङ्गो लुगा । गाढा नीलो रङ्, कम्मरको दुई छेउ तिर काटिएको, चट्ट फिटीङ थियो त्यो कोट । त्यो कोट लगाउँदा म आफूले आफैलाई निकै स्मार्ट र ह्यान्डसम देख्थेँ ऐनामा । त्यै कोटको इज्जत राख्न भए पनि म छिनछिनमा हेयरस्टाइल मिलाइ राख्थेँ, कैले जेलले, कैले तेलले र तेल पनि नभेटे— पानी जिन्दावाद !
स्टेजमा गित गाउँदा होस्, पुरस्कार थाप्न जाँदा होस् या ‘जाँदा’ मात्र होस् त्यो कोटले मलाई छोपेकै हुन्थ्यो । अरु विद्मार्थी एसेम्ब्ली हुने दिन मात्र कोट लाउँथे, म हप्तामा छ दिन नै लगाउँथेँ र सायद कट्टु र भेस्ट माथि लाउन मिल्ने भए त्यो एकदिन पनि छोड्दिन थिएँ होला, ह्यानडसम जो देखिनु थियो मलाई । जाडोमा त ठिकै हो, गर्मीमा पनि बरु भित्र गञ्जी लाइन्थेन सर्टमाथि कोट त अनिवार्य !
कलेज पढ्न थाले पछि अर्को कोट पनि सिलाउनु प¥यो । अब त अलि मोटाइन्छ कि भनेर अलि ठुलो नाप दिएँ । कपडा कोट बनेर आइसक्दा पनि १ ग्राम मोटाए मरि जाऊँ । सट्लक्क कोट भित्र पो छिरिने भएछ । पुरानो कोट अझ ठिकै थियो, बाहिरबाट हेर्दा । कलेज जाँदा नयाँ र यता उता हिँड्दा पुरानो कोट लाउने निधो गरेँ । अधिकांश मानिसको वास्तविकता जस्तै थियो पुरानो कोट; बाहिर बेदाग भित्र धुजा—धुजा, भित्र हेर्ने फुर्सद कसलाई पो छ र ? जो कोहीलाई त हेर्न दिनु पनि प¥यो नि !
दुःखको कुरा यो थियो कि कुनै पनि केटीले मलाई ‘ह्यान्डसम’ नै देख्न चाहनथेनन्, या देख्थेनन् । केटाहरुको कम्प्लिमेन्ट पनि सटायर लाग्थ्यो, यहाँ सम्म कि आफ्नै दिदी पनि मुसुमुसु हाँस्थिन् मलाई देखेर । केटाहरुको ‘लास्ट ह्यान्डसम देखिया छस् यार कोटमा’लाई ‘त्यसो नभन् न यार, तेरो हेराइले छक्का फिलिङ आउँछ ।’ भनेर उडाइदिन्थेँ त्यसरी नै । कुनै केटीले सिन्सियर कम्प्लिमेन्ट नदिएकाले बिस्तारै घाँटीमा टाई झुन्ड्याउने फट्याङ्ग्रो देखिन्छु जस्तो लाग्न थाल्यो । बिस्तारै यो फिलिङ बढ्न थाल्यो र बढि नै रह्यो, तबसम्म जब उनले एकदिन लजाउँदै लजाउँदै यस्तो अमृतवाणी निकालिन्ः
“मलाई केटा मान्छेले कोट ला’को मन पर्छ नि । कोट लाउने केटाहरु मलाई जेन्टलमेन लाग्छन् ।
मैले तपाईँलाई पैलो पटक देख्दा तपाईँले कोट लाउनु भ’को थ्यो ।”

Comments
Post a Comment