उसै पनि ढिलो उठ्ने मान्छे, राति अबेर सम्म बसेकाले बिहान ८ बजे तिरै बिउझिए पनि अल्सी लागेर कोल्टो फेर्दै ओछ्यानमा पल्टि रहेँ । रुपा अगि नै पसल सम्हाल्न गैसकेको रहेछ । आज भाँडा माझेर खाना पकाउने पालो मेरो थियो, सम्झिँदै अल्सी लाग्ने ! दिन बिराएर पालैपालो खाना बनाउनु पर्ने कुरामा हाम्रो सहमति भएको थियो; जसले गर्दैन उसैले खाने कुराको जुगाड गर्नु पर्ने थियो दुवै जनाको लागि । उसलाई त के थियो र ? पसल ठिकै चल्थ्यो दुई–तीन सय रुपियाँ लिएर आएपछि दुई जनालाई पुग्ने खानेकुरा जति पनि पाइन्थ्यो । समस्या त मलाई थियो, अल्सीको ठुलै पोका अनि घरबाट पनि पैसा पठाउन छाडिसकेको थियो । आफ्नै जीवनलाई गाली गर्दै उठेँ अनि दिसा–पिसाबबाट निवृत्त हुने र दाँत माझ्ने ‘मिसन’ लिएर बाथरुम छिरेँ । मुख धुने बेला एस्सो ऐना हेरेँ । ओठ माथि थुपै्र जुँगा पलाइ सकेछन् । नाकको देब्रे पोरा नजिकै एउटा बडेमाको डन्डिफोर आएछ । दुवै हातको चोर औँलाले बेस्सरी निचार्न खोजेँ । दुखेर आँसु नै आयो झन्डै तर त्यो फोका फुटेन–रातो मात्र भयो । फेरी आँखा चिम्लेर निचारेँ । अँहँ, फेरी पनि फुटेन । फेरी निचारुँ जस्तो लागेको थियो तर हिम्मत आएन । बरु चिउँ
# फुलु [[ माघको महिना, शुक्रबारको बिहान थियो त्यो; कलेज नजाने कुरा हिजै तय भैसकेको थियो । मस्त निद्रामा थिएँ, फोन कामेकोले म बिउझिएँ । यति मीठो निद्रा लाग्थ्यो कि 'फुल भोल्युम'मा राखेको 'अलाराम' बज्दा पनि पत्तो पाउदिनथेँ । त्यसैले फोनलाई भाइब्रेसन मोडमा राख्थेँ, सुतेको खाट नै भुँ भुँ गरेर काम्न थालेपछि नउठि धर ? एउटा आँखा एस्सो उघारेर टाइम हेरेँ, साँढे नौ भएको रहेछ 'अलाराम' त दश बजेको थियो । के भएछ भनेर सोच्न नपाउँदै फोन फेरी काम्न थाल्यो । सङ्गित दाइले सम्झिएछन् बिहान बिहानै । एकमनले त फोन नउठा भन्दैथ्यो अर्को मनले मानेन सायद बुढी औँलाले 'रिसिभ बटन' थिचेपछि घोक्रोले आवाज निकालि हाल्यो- "नमस्ते दाइ !" "के गर्दै छस् केटा, के छ तेरो हालखबर ?" घाँटी सफा गर्दै उस्तै स्वरमा जवाफ दिएँ- "ठिकै छ दाइ, कलेज गयो-आयो । यस्तै त हो ।" पहिलो प्रश्नलाई 'स्किप' गरेको थिएँ । "हैन तँ जाँठा त ऐलेसम्म सुतिराछस् कि कसो हँ ?" कुनै उत्तर थिएन मसँग त्यस प्रश्नको, तर उनले नै सजिलो बनाइदिए- "भोलि हलेसी प्रतिस्थानको पिकनिक छ, आ