परिच्छेद १७ डाक्टर गोदत्त प्रसादलाई भेट्टाउनै पर्छ भन्ने मनासयले छिटै घर फर्केका शिव नारानले डाक्टरलाई आफ्नै घर मुनि भेट्टाउनु, आफूलाई वास्तै नगरी हिँड्न लागेका शिव नारानलाई बोलाउँदै डाक्टर गोदत्त प्रसादले दुख सुखको कुरा गर्नु छ भन्दै उनको पछि पछि लागेर फेरी माथि उक्लन थाल्नु, तान कोठामा पुगेर डाक्टर गोदत्त प्रसादले शिव नारानको प्रतिक्षा गरि रहे पनि शिव नारान धेरै बेरसम्म नफर्किनु, डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा शिव नारानको हालखबर सोध्दा शिव नारानले उपेक्षाको भावमा डाक्टरलाई ‘जानु होस्’ भन्नु, डाक्टर गोदत्त प्रसाददेखि रिसले मुर्मुरिएका शिव नारानले डाक्टरले गिद्धेदृष्टि राखेर पसेको कुरा सबैलाई सुनाउनु साथै नानीथकुँलाई डाक्टरबाट टाढै बस्ने चेतावनी दिनु, शिव नारानको रिस कम नहुनु अनि शिव नारानको यस्तो रुप देखेर घरका सबै परिवार थर्कमान हुनु, रिसले आँखै नदेखि रहेका शिव नारानले बहिनी नानीथकुँलाई कडिकडाउका साथ डाक्टर गोदत्त प्रसादलाई ‘अबदेखि यहाँ नआउनु रे’ भन्न लगाउनु, नानीथकुँले आफू लोग्ने मानिससँग त्यस्तरी बोल्न नसक्ने भन्दा शिव नारानले झनै ठूलो स्वरले झपारेपछि तर्सिए...