Skip to main content

Posts

#फुलु ४. बेचैनी

# फुलु   [[ माघको महिना, शुक्रबारको बिहान थियो त्यो; कलेज नजाने कुरा हिजै तय भैसकेको थियो । मस्त निद्रामा थिएँ, फोन कामेकोले म बिउझिएँ । यति मीठो निद्रा लाग्थ्यो कि 'फुल भोल्युम'मा राखेको 'अलाराम' बज्दा पनि पत्तो पाउदिनथेँ । त्यसैले फोनलाई भाइब्रेसन मोडमा राख्थेँ, सुतेको खाट नै भुँ भुँ गरेर काम्न थालेपछि नउठि धर ? एउटा आँखा एस्सो उघारेर टाइम हेरेँ, साँढे नौ भएको रहेछ 'अलाराम' त दश बजेको थियो । के भएछ भनेर सोच्न नपाउँदै फोन फेरी काम्न थाल्यो । सङ्गित दाइले सम्झिएछन् बिहान बिहानै । एकमनले त फोन नउठा भन्दैथ्यो अर्को मनले मानेन सायद बुढी औँलाले 'रिसिभ बटन' थिचेपछि घोक्रोले आवाज निकालि हाल्यो- "नमस्ते दाइ !" "के गर्दै छस् केटा, के छ तेरो हालखबर ?" घाँटी सफा गर्दै उस्तै स्वरमा जवाफ दिएँ- "ठिकै छ दाइ, कलेज गयो-आयो । यस्तै त हो ।" पहिलो प्रश्नलाई 'स्किप' गरेको थिएँ । "हैन तँ जाँठा त ऐलेसम्म सुतिराछस् कि कसो हँ ?" कुनै उत्तर थिएन मसँग त्यस प्रश्नको, तर उनले नै सजिलो बनाइदिए- "भोलि हलेसी प्रतिस्थानको पिकनिक छ, आ...

३. Confession

"मलाई कहाँ देख्याथ्यौ र पैलो पटक ?" मन भित्रको उमङ्ग, हर्ष र उत्तेजना सबैलाई कन्ट्रोल गर्दै मैले सोधेको थिएँ त्यो प्रश्न । “तपार्इँ कलेज जाँदा हौ !” अलि झर्किँदै भनिन्, एकछिन अड्किन् र फेरी बोल्न थालिन् — “तपाईँ सधैँ अलि ढिलो कलेज जानु हुन्थ्यो । जैले पनि एता उति नहेरी सिधै अघि सुइ–सुइ हिँड्नु हुन्थ्यो । कोट लाको डल्लो मान्छे त्यसरी हिँडेको देख्दा...” भरखर भरखर मात्र उनी मसँग खुल्न थालेकी थिइन् । यस्तरी खुल्न थालेकी थिइन् कि ‘यूउ ट्युबमा र्‍याप ब्याटलका र्‍यापर्स’ जस्तो ‘ननस्टप’ बोलि रहन्थिन्— गुटुङ्टुङ्; अनि म चाहिँ सुनि रहन्थेँ, चुपचाप । उनी त्यसरी बोलेको सुनि रहन मलाई खुब रमाइलो लाग्थ्यो । त्यसरी बोलि रहँदा उनका आँखा कहिले साना त कहिले ठूला हुन्थे अनि कहिले चाहिँ आँखा झिमिक पनि हुँदैनथे । मलाई हेरेर बोल्न लजाउँथिन् सायद, अगाडि हेरेर 'ननस्टप' ती ओठहरु चलाइ रहन्थिन् । मैले उनको कुरा त्यसरी सुनि रहेको उनलाई मन परे पनि मेरो चुपचाप रहने बानी देखि रिसाउँथिन् । उनले कथा हाल्दै गर्दा मैले इन्टरफेयर वा डिस्टर्ब गर्न नपाउने तर बिच बिचमा “अँ" चाहिँ भन्नै पर्न...

२. कोट प्रेम

कक्षा ९ मा हामीलाई ड्रेस कोडमा त्यो कोट पनि अनिवार्य रुपमा थप्न लगाइएको थियो । २०–२५ जनाले एकै ठाउँमा सिलाउने भएकाले र एउटा साथिले चिनेको टेलर भएकाले जम्मा रु. २४०० ।– मा ‘ह्युज डिस्काउन्ट’का साथ त्यो कोट सिलाइएको थियो । जान्ने सुन्नेको भाषामा ‘ब्लेजर’ र प्रिन्सिपल सरको भाषामा ‘जकेट(ज्याकेट होइन)’ भए पनि मेरो लागि त्यो लुगा कोट नै थियो, मेरो जीवनभरको सबभन्दा महङ्गो लुगा । गाढा नीलो रङ्, कम्मरको दुई छेउ तिर काटिएको, चट्ट फिटीङ थियो त्यो कोट । त्यो कोट लगा उँदा म आफूले आफैलाई निकै स्मार्ट र ह्यान्डसम देख्थेँ ऐनामा । त्यै कोटको इज्जत राख्न भए पनि म छिनछिनमा हेयरस्टाइल मिलाइ राख्थेँ, कैले जेलले, कैले तेलले र तेल पनि नभेटे— पानी जिन्दावाद ! स्टेजमा गित गाउँदा होस्, पुरस्कार थाप्न जाँदा होस् या ‘जाँदा’ मात्र होस् त्यो कोटले मलाई छोपेकै हुन्थ्यो । अरु विद्मार्थी एसेम्ब्ली हुने दिन मात्र कोट लाउँथे, म हप्तामा छ दिन नै लगाउँथेँ र सायद कट्टु र भेस्ट माथि लाउन मिल्ने भए त्यो एकदिन पनि छोड्दिन थिएँ होला, ह्यानडसम जो देखिनु थियो मलाई । जाडोमा त ठिकै हो, गर्मीमा पनि बरु भित्र गञ्जी लाइन्थेन सर...

सुरुवात

#फुलु उनको र मेरो कथा लेख्छु त भनेँ तर त्यो कथा कहाँबाट सुरु गर्ने, भेउ पाउन सकिनँ । कथा सुरु गर्न मलाई यो कारणले पनि गाह्रो भइ रहेको छ कि, म आफैलाई पनि हाम्रो कथा कहाँबाट सुरु भयो भनेर थाहा छैन, सायद उनलाई थाहा थियो कि ? कुनै चलचित्र वा उपन्यासका नायक–नायिकाको जस्तो हाम्रो कुनै ‘पहिलो भेट’ भएको थिएन, एटलिस्ट मेरो हकमा । जुन भेटलाई म पहिलो भेट भनेर मान्थेँ त्यो भेट त हाम्रो कैयौँ भेट पछिको भेट रहेछ, यो उनी आफैले मलाई भनेकी । उनले जुन भेटलाई हाम्रो पहिलो भेट भनिन्, मलाई त्यस भेटको र दिनको केही कुरा याद छैन जसलाई म कथामा सामेल गर्न सकुँ । उनी आफैले यस्तो कथा बुनेकी जस्तो लाग्थ्यो । तर जे होस् हाम्रो भेट भएकै रहेछ, त्यो ‘पहिलो भेट’ भन्दा पनि पहिले । यसकारण मलाई हाम्रो कथा पहिलो भेटबाट सुरु गर्न अप्थ्यारो भएको हो । प्रायः चलचित्रहरुमा नायकले नायिकालाई देख्छ; ए होइन साँची, उसले नायिकाभन्दा पहिले नायिकाको सुन्दर आँखा, गुलाबी ओठ, बारुले कम्मर र दर्शकलाई नै मुग्ध पार्ने मुस्कान देख्छ; अनि मात्र नायिकालाई देख्छ । मैले चाहिँ पहिले नै उनलाई देखेँ र बानी पर्दै गए पछि उनका अरु कुरा द...

एउटा नयाँ सुरुवात

जुनु राई facebook.com/raejunu एक हुल सपनाहरुले निराशाको कर्णालीमा हाम फालेपछी , अनन्त यात्रामा निस्किएका पाइलाहरु बिच बाटोमै रोकिएपछी , नानीहरुको रङ्गिन सपना कलेटी परेको ओठमा फुल्ने मुस्कान बनेपछी , गुराँस फुल्ने पाखाहरु बिधवाको सिउँदो जस्तै उजाड भएपछी , समयले सिकाउँछ संघर्षको नयाँ अर्थ र जीवनको परिभाषा । जहिले बाट उकालोमा यात्रुको थकित अनुहार कुरिरहने भञ्ज्याङ्ले आफैँ थकाइको सुस्केरा फाल्न थाल्छ , सधैँभरी धैर्यताको पाठ सिकाइरहने बुढो वरको आफ्नै धैर्यताले आत्महत्या गर्छ , त्यहीँबाट सुरुवात हुन्छ अर्को अध्यायको। हो त्यहीँबाट सुरुवात हुन्छ अर्को अध्यायको। ।

हराएको राष्ट्रियता

खै ! आज सम्म पनि भेटिएन , हराएको मेरो राष्ट्रियता । यो सहरको हरेक चोकचोकमा , गल्ली गल्लीमा भौतारिँदै हिँड्दै छु नपाएर फोहोर सँगै कतै फ्याँकिएको मानवता; आफ्नै भूमिबाट लखेटिएको मेरो स्वाधीनता । राष्ट्र रोइरहेको देख्दा देख्दै पनि मन ढुङ्गा झैँ बसिरहन्छ अचल र संवेदनाहिन किनकी, मेरो राष्ट्रियता हराएको छ; खान   नपाएको   भोको   देख्दा उसैलाई गिज्याउँदै खाइरहन्छौ चौरासी व्यन्जन किनकी, मानवता फालिएको छ, बासी खानाझैँ पत्रिकामा बेरिएर । हुलका हुल दाजुभाइ खाँडी पस्दा भन्दैनन् कसैले नजा भनेर किनकी, स्वाधीनता आफैँ लखेटिएको देशमा सुखी अनि सुरक्षित जीवन कसैले पाउँदैन। मलाई लाग्यो, सँगै लापत्ता भएका ती तीनहरु सहरमा भेटिन्छ्न् सायद तर सहरको अवस्था जब देखेँ महसुस भयो, सहर पनि तिनीहरुको निम्ति अनुकुल छैन। तैपनि मनमा झिनो आशा लिएर घुम्दैछु हर कुना कुनामा चेपिँदै सहरको भिड भाडमा। आज पो झल्याँस्स भएँ   ...

Operating System

Long Answer questions Question: What is OS? Explain the main functions of OS. [10 marks] Ans: An operating system, OS, is the master program that manages all the hardware and software resources of the computer. It makes the hardware operable and provides an interface to the user to use the computer. Windows, Mac OS, IOS etc are the examples of OS. Following are the main functions of OS:   Process Management   Memory management   I/O management   Device management   File management   Virtual memory management   Interrupt handling   Dead lock prevention   Providing Security   Providing user interface   Command Interpreter   Time sharing 1) Process management Process management refers to the managing of CPU and its processing task. OS is responsible for managing the processing task so that the entire programs used by the user are efficiently and effectively processed by the CPU . OS uses scheduling and ...