Skip to main content

Posts

Showing posts from December, 2015

एक चिहान- मुख्य घटनाक्रम ४

परिच्छेद ४ जाँचबुझ गरेर प्रेस्क्रिप्सन लेख्दालेख्दै डाक्टरले आफूतिर हेरेर बाबुलाई निमोनियाले छोइसकेको र व्यथा भएको बताएपछि नानीथकँँुले अँध्यारो मुख लाउनु , नानीथकुँले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले आफूले कोसिस गर्ने र धेरै चिन्ता नलिन भन्नु , लतमायाबाट छोरी नानीथकुँको विवाह भइ नसकेको थाहा पाए पछि भरे इन्जेक्सन पनि आपै m ले दिने बताउँदै हिँड्न लाग्दा शिव नारानले फिस दिनु , नानीथकुँको रुप र यौवनबाट मुग्ध भएका डाक्टर घर फर्कि सकेर पनि धेरै बेरसम्म नानीथकुँको अनुहार सम्झिरहनु , पाँच बज्नासाथ डाक्टर गोदत्त प्रसाद अस्पतालबाट आफै आएर सबै जाँचबुझ गरिदिँदा अष्ट नारानको पीडित परिवारलाई सान्त्वना मिल्नु , डाक्टर जान लागेको बेलामा शिव नारानले फिस दिन खोज्दा एकछिन अनकनाएर बिरामीलाई निको बनाएपछि मात्र फिस लिने कुरा बताउनु ।

एक चिहान- मुख्य घटनाक्रम ३

परिच्छेद ३ ·     डाक्टर बोलाउन गएको शिव नारान नफर्किए पछि र अष्ट नारानको व्यथा बढ्दै आएकोले हडबडाएकी लतमायाले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहनु , ·   सिकर्मी पुन नारान पेस्की लगेदेखि बेपत्ता भएकोले साहुले उनलाई समात्न घर आउँदा त्यस्तो बेइमानी गर्नु राम्रो होइन भन्नु , ·   आफूले बेइमानी नगरेको तर बाबु बिरामी भएकाले काम गर्न नभ्याएको र ल्याएको पेस्कीले ठूलो काम दिएको हुनाले पुन नारनले ठूलो गुन सम्झेको कुरा विनम्र भएर भन्नु , ·       पुन नारानको अति नम्र कुरा सुनेर प्रतिवाद गर्न नसकेपछि दुवै जना घरबाट निस्कनु , ·       पुन नारान पुग्दा पनि डाक्टर किताब नै हेरि रहेको भेटिनु , ·       पुन नारानबाट बाबुको अवस्था झन बिग्रिएको कुरा सुनेर शिव नारानले डाक्टरलाई फेरी अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्नु पर्ने कुरा बताउनु , ·        घर पुग्नासाथ फिस तिर्ने कुरा भए पछि डाक्टर बिरामी हेर्न जान राजी हुनु ।

एक चिहान- मुख्य घटनाक्रम २

  परिच्छेद २ ·         आफ्नै टोलका तथा असनका गुभाजुलाई देखाउँदै दुई महिना बितिसक्दा पनि अष्ट नारानको अवस्थामा सुधार नआएको , ·      माहिला कविराजको फिस , औषधी गर्दा ऋण लिएको पच्चिस रुपियाँ पनि सकिए पछि आफ्ना पोइले आफ्नो अन्त्येष्टि क्रिया निम्ति गाडि राखेको रुपियाँ खर्च गरेर भए पनि डाक्टर लगाउने विचार लतमायाले गर्नु , ·       लतमायाको उक्त विचार सबैलाई मन परे पनि सबैलाई , अझ बढी जेठा छोरा शिव नारानलाई , बाबु बिरामी हुँदा समेत डाक्टरलाई देखाउन नसकेकामा ठूलो चोट पर्नु , ·      नजिकका र नाम चलेका डाक्टर भएकाले डाक्टर गोदत्त प्रसादलाई देखाउने सल्लाह भई शिव नारान डाक्टर बोलाउन जानु , ·          डाक्टरले शिव नारानलाई बेवास्ता गर्नु , ·      डाक्टरको व्यवहारले शिव नारानलाई झोँक चले पनि आफ्नो अवस्थाको ख्याल गर्दै रिसमा पनि होस राखी बारम्बार विनम्र भएर अनुरोध गरिरहनु ।

एक चिहान-मुख्य घटनाक्रम १

परिच्छेद १ ·         विरामी अष्ट नारानलाई आफ्नो अन्तिम अवस्था आइसकेको भान भएकोले आफ्ना परिवारका सबै सदस्य जम्मा भएको वेला पारी अर्ति उपदेश दिइ रहेका, ·          विरामी अवस्थामा धेरै नबोल्नका लागि सबैले अष्ट नारानसँग अनुरोध गरि रहेका, ·          बोल्दा बोल्दै अष्ट नारानको बोली टक्क रोकिँदा सबै हडबडाए पनि अष्ट नारान फेरी बोल्न थाले पछि स्थिति सामान्य अवस्थामा फर्किएको, ·          सबैले नबोल्न अह्राए पछि अष्ट नारानले अन्त्यमा दुई वर्ष अघिदेखि आफ्नो अन्त्येष्टिका लागि आपू m ले पैसा बचाएर राखेको रहस्य खोल्नु र त्यो भन्दा बढी खर्च ऋण नलिन अह्राउनु 1

एक चिहान-पात्र परिचय

राम बहादुर उपन्यासको सहायक खलपात्र राम बहादुर सुब्बा सुरमानका कारिन्दा का रुपमा देखा परेका छन् । मालिकलाई खुसी पारेर आफ्नो जीविका चलाउन विवश राम बहादुर सुब्बाको कुकर्म र दुर्नियतमा सहयोगी भूमिका खेलेकाले उपन्यासको असत् पात्र हो । नानीथकुँको विषयमा शिव नारान र उसका भाइहरुबाट अपमानित ऊ एक लाचार पात्र को रुपमा देखिन्छ ।

एक चिहान-पात्र परिचय

लतमाया अष्ट नारानकी वृद्धा पत्नी लतमाया लोग्नेप्रति समर्पित , छोराछोरीहरुप्र्रति चिन्ता र चासो राख्ने आदर्श पत्नी र आमाको रुपमा चिनिन्छिन् । सधैँ दुखमात्र गरेकी कहिल्यै सुखको अनुभव गर्न नपाएकी लतमाया आर्थिक तनावबाट मुक्त भएर सुखी जीवन बिताउन चाहन्छिन् । देशी तानको बदलामा आफ्नी छोरीको जवानी बुढो सुब्बासँग साट्न लागेकी सोझी लतमाया धनप्रति लुब्ध देखिन्छिन् ।

एक चिहान-पात्र परिचय

सुब्बा सुरमान उपन्यासको सहायक खलपात्र सुब्बा सुरमान तत्कालिन नेपाली समाजका शोसक, साहु महाजन र सामन्तीहरुको प्रतिनिधि चरित्र हो । नारीको यौवनलाई खेलौना ठान्ने सुब्बा सुरमान कामुक र विलासी चरित्र देखिन्छ । धनको आडमा धाकधम्की देखाएर गरिबको जीवनमा खेलबाड गर्ने शोसक सुरमान दुष्ट चरित्र हो ।

एक चिहान-पात्र परिचय

रञ्जना देवी उपन्यासको उत्तरार्धमा देखा परेकी रञ्जना देवी उल्लेखनीय सहायक पात्र हो । प्रोफेसरकी छोरी र डाक्टरकी पत्नी को रुपमा देखिएकी रञ्जना देवी शिक्षित, बोलक्कड र चतुर नारी हुन् । पतिको कुकर्मलाई सच्याउन सफल , कुकर्म गर्ने पतिसँग प्रतिकार गर्न सक्ने उनी सचेत, दुरदर्शी र साहसी नारीको रुपमा प्रस्तुत भएकी छिन् । अबोध र अल्लारे केटी नानीथकुँलाई कामुक पुरुषको जालबाट मुक्त गर्न सफल नारीप्रति सम्मान प्रकट गर्ने शिक्षित, सभ्य र असल चरित्र हुन् । प्रेम स्वस्थ र सुहाँउदो हुनुपर्छ, नारीले आफ्नो जीवन स्वार्थी पुरुषहरुको भोगका निम्ति समर्पित गर्नु हुन्न, नारी र पुरुषबीच आपसी सहयोग, मेलमिलाप, समानता र सहअस्तित्वमा आधारित सम्बन्ध हुनुपर्छ भन्ने मान्यता राख्ने रञ्जना देवी जागरुक र प्रगतिशील नारी पात्र हुन् ।

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-पात्र परिचय

नानीथकुँ सत्र वर्षे किशोरी नानीथकुँ उपन्यासको सहायक कथाकी नायिका हो । कच्चा सोच भएकी उत्ताउलो चरित्रकी नानीथकुँ गरिब परिवारमा जन्मिएका सिधासादा र अबोध किशोरीहरुको प्रतिनिधि चरित्र हो । गोदत्त प्रसादको षड्यन्त्रलाई प्रेम ठानेर आकर्षित हुने नानीथकुँ अशिक्षित र अव्यवहारिक नारी हो । रञ्जना देवीको प्रेरणाबाट गोदत्त प्रसादलाई अस्वीकार गरी नारीको धर्म र अस्मिता जोगाउन सफल नानीथकुँमा वैचारिक परिवर्तन आएको हुनाले ऊ गतिशील चरित्र हो । समाजका दुष्ट र स्वार्थी पुरुषहरुका कामुक आँखाले डामिएकी नानीथकुँ समस्त सोझासाधा गरिब परिवारका युवतिहरुको प्रतिनिधि चरित्र हो ।

नालापानीमा-उद्देश्य

'नालापानीमा'  नेपाली ऐतिहासिक विषयमा आधारित एक सङ्गित नाटक  हो । नेपाली वीरता, देशभक्ति र जातिय स्वाभिमानको गुणगान गर्दै वीरहरुप्रति श्रद्धा व्यक्त गर्न र पछिल्लो पुस्तालाई देशभक्तिको सन्देश दिनु यसको मूल उद्देश्य हो । आफ्नो कब्जामा आइसकेको शत्रुलाई पनि उसको माग अनुसार औषधी उपचार गरी उसको देशभक्तिपूर्ण भावनाको कदर गर्दै आदरपूर्वक स्वदेश फर्काइदिने अङ्ग्रेजी उद्वारता र मानवतावादको पक्षलाई देखाउनु यसको अर्को उद्देश्य हो । नेपालको रक्षा र राष्ट्रियताको सवालमा सबै नेपालीहरु एकताबद्ध भएको देखाउन नाटककारले हिमाल, पहाड र तराइ उपत्यकाबासीहरुका साथै उनीहरुका बहुसंस्कृतिलाई प्रस्तुत गरेका छन् । भिन्न भिन्न लोकलयको प्रयोग गरी समावेशी संस्कृति तथा अनेकतामा एकताको भाव प्रस्तुत भएको छ । नरे कार्कीका माध्यमबाट नेपालीहरु वलिदान दिन तयार हुन्छन् तर मातृभूमिलाई धोका दिएर पराइसामू झुक्न चाहँदैनन् भन्ने राष्ट्रिय स्वाभिमानको अभिव्यक्तिको साथै कर्णेल मबीका माध्यमबाट प्रेम र मानवताका रक्षा युद्धमा पनि हुन सक्छ भन्ने मानवतावादि विचार अघि सारिएको छ । नरे कार्की र कर्णेल मबीजस्ता आ–आफ्नो देशप्रति

नालापानीमा-पात्र परिचय

२. कर्णेल मबी नाटकको दोस्रो प्रमुख पात्र कर्णेल मबी ऐतिहासिक चरित्र हो । युद्धमा साम , दाम , दण्ड , भेद सबै नीति अवलम्बन गर्न जान्ने मबी बेलायती सेनाका कुशल सेनापति हो । नरेलाई अनेक प्रलोभन देखाएर आफ्नो पक्षमा पार्न खोज्नु उसको चलाखी हो । शरणमा आएको शत्रुलाई पनि दया गर्ने मबी मानवतावादी चरित्र हो । विरोधीहरुको समेत गुणको चर्चा गर्ने , प्रशंसा गर्ने , देशभक्ति कदर गर्ने ऊ स्वयम् देशभक्त  चरित्र  हो ।