Skip to main content

Posts

Showing posts from January, 2016

एक चिहान- मुख्य घटनाक्रम १४

परिच्छेद १४ भोलिपल्ट बिहानै भात खाएर काममा जान लाग्दा शिव नारानले आमालाई ‘नानीथकुँलाई भात पकाउन लाएर तपार्इँ तान बुन्न बस्नुहोला’ भने पछि छक्क परेर लतमायाले कारण सोध्नु, शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादबीच हुने गरेको ख्याल ठट्टको विवरण बताए पछि लतमायाले डाक्टर आउने गरेको कुरा सत्य भएको तर त्यस्तो गतिविधिको बारेमा केही थाहा नभएको बताउनु, नानीथकुँको हर्कत देखी घृणा र डाक्टरप्रति रिस गरेकी लतमायाले त्यस्तो खबर दिने मान्छेको बारेमा सोधपुछ गर्दा शिव नारानले जो कोहीले भने पनि आफूहरुले होसियारी गर्नैपर्ने कुरा बताउनु, आमाको ‘अर्काको बदनाम गर्न पनि दुर्जनहरुले नचाहिँदो बकवास गर्न सक्छन्’ भन्ने तर्कलाई काट्दै पुन्चाकी स्वास्नीले हाकुमायालाई भनेको सम्पूर्ण कुरा सुनाउनु, डाक्टरलाई ठाडै ‘अबदेखि नआउनू’ भन्न नमिल्ने भएकाले घरमै बस्ने लतमायालाई डाक्टरलाई भगाउने अभिभारा सुम्पनु, काममा जानु भन्दा अगि शिव नारानले लतमायालाई सुब्बा सुरमान पनि डाक्टर गोदत्त प्रसाद जस्तै असल मान्छे नभएकाले उनले दिन खोजेको विदेशी तानको मद्दतलाई पनि अस्वीकार गर्न लगाउनु ।

एक चिहान- मुख्य घटनाक्रम १३

परिच्छेद १३ राति सुत्न लाग्दा हाकुमायाले पति शिव नारानलाई बहिनीको बिहे गर्न ढिलाइ गर्न नहुने कुरा बताउनु, आफ्नो कुरालाई त्यति महत्व नदिएकाले हाकुमायाले नानीथकुँको बारेमा आफूले नराम्रो कुरा सुनेको कुरा बतााएर पतिको ध्यान केन्द्रित गर्नु, डाक्टर गोदत्त प्रसादसँग बहिनी नानीथकुँको प्रेम भएको थाहा पाएर शिव नारान रिस र लाजले नाजवाफ हुनु, डाक्टरलाई नै गाली गर्ने शिव नारानको मनासय थाहा पाएर हाकुमायाले पहिले आफ्नो बहिनीलाई नै सम्हाल्नु राम्रो भएकाले भोलिदेखि नानीथकुँलाई पनि खेतैमा लग्ने उपाय सुझाउनु ।

एक चिहान- मुख्य घटनाक्रम १२

परिच्छेद १२  सबैले भात खान लागेको बेलामा लतमायाले राम बहादुर आएका र उनले देशी तान किनेर मद्दत गर्ने साथै पोहार सालको बाँकी भएको तमसुक च्यातिइ सकेको बारे दिउँसो भएका सारा कुरा बताउनु, यो कुरा सुनेर चकित भएका शिव नारानले आमालाई सो कुरामा मञ्जुर नगर्नु पर्ने भनेपछि लतमायाले दिनेले दिन सक्छ भने लिनेले अस्वीकार गरेर तिरस्कार गर्न नहुने मत जाहेर गर्नु, तमसुक च्यातिएकामा कृतज्ञता जनाएकी लतमायालाई खिन्न पार्दै शिव नारानले तमसुक च्यातिए पनि आफूले आफ्नो धर्मको ख्याल गर्दै बाँकि तिर्नै पर्ने कुरा गरेपछि यो कुरा पुन नारानलाई चित्त नबुझ्नु, सुब्बा सुरमानको यस्तो एकाएकको उदारता शङ्कास्पद भएकाले देशी तानको सहयोग पनि लिन नहुने कुरा शिव नारानले भने पछि लतमायालाई पनि चित्त नबुझ्नु, डाक्टर गोदत्त प्रसाद पनि अगि असल व्यक्ति नभएको तर उसको मद्दतलाई स्वीकारेको कुरा हर्ष नारानले बताएपछि शिव नारानले डाक्टरको मद्दत पनि आफूलाई मिठो नलागेको कुरा बताउनु, ‘डाक्टरको मद्दत मिठो नलागेको’ भनेको सुन्दा तितो लागेर नानीथकुँले मुख बिगारे पनि यो कुरा कसैले थाहा नपाउनु ।

एक चिहान- मुख्य घटनाक्रम ११

परिच्छेद ११ शिव नारानको घरमा डाक्टर गोदत्त प्रसादको आवत जावत बढ्नु, पाँच बज्नासाथै लतमाया तान बुन्न छोडेर भात पकाउन भान्सामा उत्रेपछि डाक्टर गोदत्त प्रसाद आइ पुग्नु, डाक्टर गोदत्त प्रसाद र नानीथकुँबीच विविध कुरामा ठट्टा मजाक र रसरङ्गका कुरा हुनु, कुरै कुरामा डाक्टर गोदत्त प्रसादले नानीथकुँलाई नामको ‘थकुँ’ हटाएर ‘नानी’ मात्र भन्न रुचाएको कुरा व्यक्त गर्नु साथै आफूलाई के भन्न रुचाएको भनी नानीथकुँलाई प्रश्न गर्नु, धेरैबेर पछि नानीथकुँले आफूलाई ‘तिमी’ भन्न रुचाएको कुरा थाहा पाएपछि डाक्टर गोदत्त प्रसादले नानीथकुँलाई अँगाल्न खोज्नु, यस्तैमा लतमायाले नानीथकुँलाई खाना खान बोलाएपछि भोलि फेरी भेट्ने बाचा गर्दै डाक्टर गोदत्त प्रसाद छुट्टिनु ।

एक चिहान- मुख्य घटनाक्रम १०

परिच्छेद १० बाबुको मृत्यु पछि शिव नारानले घरको नेतृत्व लिनु, आमा छोरी दुई जनालाई घरमै कपडा बुनी घर कुर्न लगाउनु, लतमाया र नानीथकुँ तानमा कपडा बुनिरहेको एकदिन आफ्ना तल्सिङ सुब्बा सुरमानका कारिन्दा राम बहादुर आई देशी तानको व्याख्या गर्दै त्यही किन्ने सुझाव दिनु, आफू गरिब भएकाले त्यो सम्भव नभएको कुरा लतमायाले बताएपछि राम बहादुरले कुनै पनि हालतमा सुब्बा सुरमानबाट ऋण लिइ दिने कुरा बताउनु, देशी तानबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना देखेकी लतमायाले गएको साल सुब्बा सुरमानका छोराहरुले आफूमाथि गरेको अन्यायको बारेमा बताउनु, त्यस्तो अन्याय भएको कागज च्यातिइसकेको कुरा बताउँदै राम बहादुरले त्यो बाली पनि माफी गराइदिने बाचा गर्नु, अन्त्यमा लतमायाको स्वीकृति लिएर भोलि आउँदा भरियालाई देशी तान बोकाएर आउने बाचा गर्दै राम बहादुर बिदा हुनु ।

एक चिहान- मुख्य घटनाक्रम ९

परिच्छेद ९ भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरुको ताँती लाग्न थाल्नु, टोलका सबै मानिसहरुबाट समवेदना र पाएर अष्ट नारानको परिवारलाई धैर्य गर्ने बल मिल्नु, टोलका सबैभन्दा ठूला, भलाद्मी, पढेलेखेका र इज्जतदार व्यक्ति डाक्टर गोदत्त प्रसाद पनि घरमै आएर अनेक सान्त्वनाप्रद कुरा गरि अष्ट नारानको पीडित परिवारको वेदना कम गरिदिनु, बाबुप्रतिको परम श्रद्धाको रुपमा बाबुले चाहेझैँ छोराछोरीले कुनै पनि प्रकारको दान दक्षिणा दिने र भोज भतेर खुवाउने कुनै काम नगर्नु, पितृशोकको तेस्रो दिनदेखि शिव नारान आफ्नो खेतको कामधन्दामा हिँड्नु साथै अरु भाइलाई पनि काममा जान अह्राउनु ।

एक चिहान-मुख्य घटनाक्रम ८

परिच्छेद ८ अष्ट नारानको मृत्युले टोलमा सनसनी फैलिइ दाह संस्कारका लागि गुठियारहरु आइपुग्दा शिव नारानलाई बाबुको मृत्युले भन्दा बढ्ता दाह संस्कारको काम कसरी गर्ने भन्ने कुराले पिरोल्नु , भएको पैसा र अन्न पनि बाबुको उपचारमा सकिएपछि बाँकी रहेको सामान बेचेर काम चलाउने सुझाव पुन नारानले दिनु , यस्तो दुखद अवस्थामा सामान बेच्न लैजाने कुरा सर्वमान्य नभए पछि नानीथकुँको सुझावअनुसार डाक्टर गोदत्त प्रसादलाई पैसा सापट माग्न हर्ष नारान र नानीथकुँ जानु , यता मरेको चार घन्टा भइसक्दा पनि लास अन्माउने केही सुरसार नभएकाले गुठियारहरु हत्तारिनु , हर्ष नारान र नानीथकुँ दुवैलाई अस्पतालतर्फ आउँदै गरेको देखेर गोदत्त प्रसादले जिल्ल पर्दै उनीहरु त्यहाँ आउनुको कारण सोध्नु , बडो अप्ठ्यारो मान्दै नानीथकुँले पैसा मागे पछि डाक्टरले झट्टै पैसा दिई दागबत्तीको काम पुरा गर्न दाजु बहिनीलाई पठाउनु ।

एक चिहान - मुख्य घटनाक्रम ७

परिच्छेद ७ अष्ट नारानले आफूलाई नमीठो नजरले हेरेपछि एकछिन जिल्लिएर बिरामीतिर हेरी नाडी छाम्दै डाक्टरले बिरामीको हालतको बारेमा सोधपुछ गर्नु, बिरामीले अप्ठ्यारो भएको कुरा गरेपछि डाक्टरले केही नहुने आश्वासन दिए पनि बडो गौरसित बिरामीको प्रकृति अध्ययन गर्नु, बिरामीले पनि डाक्टरको अनुहार एकटकले हेर्दै आज सोमबारे औँसी पनि परेकाले अलि डराएको महसुस गराउँदै आफू कति दिन बाँच्ने कुरा सोध्नु, आफूले भनेझैँ चिन्ता नगरी बसे अझै धेरै वर्ष बाँच्ने कुरा डाक्टरले बताएपछि अष्ट नारानले आज या भोलि मै आफू मर्छु भन्ने शङ्का व्यक्त गर्नु, अष्ट नारानको सबै परिवारलाई अर्काे कोठामा लगेर आजै मृत्यु हुन सक्ने बताई सबैलाई कुरुवा बस्न पठाएर डाक्टर जानु, लोग्नेको कुराले घायल भएकी लतमायालाई सम्झाउन अष्ट नारानले दुवै जना सँगै मर्ने संयोग पाउनु असम्भव जस्तै भएको बताउँदै आफू मरे पछि पनि कुनै किसिमको दान दक्षिणा नगर्ने उपदेश आफ्ना जहान परिवारलाई दिनु, बोल्दा बोल्दै अचानक बोली रोकिए पछि हिक्का छुट्दै अष्ट नारानको मृत्यु हुनु ।

एक चिहान- मुख्य घटनाक्रम ६

परिच्छेद   ६ डाक्टरको औषधी पर्नासाथ अष्ट नारानलाई राम्रो निद परिदिएकाले अष्ट नारानको परिवारमा आशा पलाउनु , बिउँझँदा आफ्ना सबै परिवार आफ्नो वरिपरी देखेपछि अष्ट नारानले शिव नारानलाई मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्ने किसानको काम कर्तव्य सम्झाउनु , शिव नारान गइ सकेपछि अष्ट नारानले पुन नारानलाई पनि बर्सात सुरु भए पछि घर बनाउने काम कम हुने भएकाले काममा जान लगाउनु , हात खुट्टा बलियो भए पछि काम जति पनि पाइने तर छोराछोरीका लागि बाबु सधैँ नपाइने कुरा पुन नारानले भन्दा उनीहरुले कुर्दैमा आफुलाई एकदिन पनि बढी बचाउन नसक्ने तथ्य अष्ट नारानले भनेपछि पुन नारान पनि नाजवाफ भएर चुप लाग्नु , आफुलाई नकुरी नछोड्ने छोराछोरीको हठ थाहा पाए पछि अष्ट नारानले अरु सबै आ – आफ्नो काममा जान र खाली बुढिया लतमायालाई कुर्न बस्न लगाउनु .

एक चिहान- मुख्य घटनाक्रम ५

परिच्छेद ५ डाक्टर गइ सकेपछि अष्ट नारानले आफ्नो उमेर पुगिसकेकाले डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक्ने सल्लाह दिनु , शिव नारानले डाक्टरलाई देखाउन धेरै पैसा खर्च नहुने बताएपछि गरिबका निम्ति थौरै नै धेरै हो भनि भन्नु , आफ्ना लागि डाक्टरले फिस नलिने कुरा शिव नारानबाट थाहा पाएपछि अष्ट नारानले झन सशङ्कित हुँदै डाक्टरलाई फेरी कहिल्यै नबोलाउन लाउनु , बाबुको कुरा सुनेर शिव नारानको हृदयमा शङ्का उब्जिए पनि आपत्मा काम दिएको हुनाले डाक्टर गोदत्त प्रसाद बदलिएको हुन सक्ने बताउनु , डाक्टरको फिस बच्दैमा पनि औषधी गर्ने पैसा नभएको कुरा अष्ट नारानले भनेपछि लतमायाले त्यो कुरामा चिन्ता नलिइ केवल मन खुसी पारेर बस्न भन्नु ।