Skip to main content

Posts

Showing posts from January, 2017

#फुलु ५. प्रतिक्षाकाे फल

उसै पनि ढिलो उठ्ने मान्छे, राति अबेर सम्म बसेकाले बिहान ८ बजे तिरै बिउझिए पनि अल्सी लागेर कोल्टो फेर्दै ओछ्यानमा पल्टि रहेँ । रुपा अगि नै पसल सम्हाल्न गैसकेको रहेछ । आज भाँडा माझेर खाना पकाउने पालो मेरो थियो, सम्झिँदै अल्सी लाग्ने ! दिन बिराएर पालैपालो खाना बनाउनु पर्ने कुरामा हाम्रो सहमति भएको थियो; जसले गर्दैन उसैले खाने कुराको जुगाड गर्नु पर्ने थियो दुवै जनाको लागि । उसलाई त के थियो र ? पसल ठिकै चल्थ्यो दुई–तीन सय रुपियाँ लिएर आएपछि दुई जनालाई पुग्ने खानेकुरा जति पनि पाइन्थ्यो । समस्या त मलाई थियो, अल्सीको ठुलै पोका अनि घरबाट पनि पैसा पठाउन छाडिसकेको थियो । आफ्नै जीवनलाई गाली गर्दै उठेँ अनि दिसा–पिसाबबाट निवृत्त हुने र दाँत माझ्ने ‘मिसन’ लिएर बाथरुम छिरेँ । मुख धुने बेला एस्सो ऐना हेरेँ । ओठ माथि थुपै्र जुँगा पलाइ सकेछन् । नाकको देब्रे पोरा नजिकै एउटा बडेमाको डन्डिफोर आएछ । दुवै हातको चोर औँलाले बेस्सरी निचार्न खोजेँ । दुखेर आँसु नै आयो झन्डै तर त्यो फोका फुटेन–रातो मात्र भयो । फेरी आँखा चिम्लेर निचारेँ । अँहँ, फेरी पनि फुटेन । फेरी निचारुँ जस्तो लागेको थियो तर हिम्मत आएन । बरु चिउँ