Skip to main content

Posts

Showing posts from August, 2016

२. कोट प्रेम

कक्षा ९ मा हामीलाई ड्रेस कोडमा त्यो कोट पनि अनिवार्य रुपमा थप्न लगाइएको थियो । २०–२५ जनाले एकै ठाउँमा सिलाउने भएकाले र एउटा साथिले चिनेको टेलर भएकाले जम्मा रु. २४०० ।– मा ‘ह्युज डिस्काउन्ट’का साथ त्यो कोट सिलाइएको थियो । जान्ने सुन्नेको भाषामा ‘ब्लेजर’ र प्रिन्सिपल सरको भाषामा ‘जकेट(ज्याकेट होइन)’ भए पनि मेरो लागि त्यो लुगा कोट नै थियो, मेरो जीवनभरको सबभन्दा महङ्गो लुगा । गाढा नीलो रङ्, कम्मरको दुई छेउ तिर काटिएको, चट्ट फिटीङ थियो त्यो कोट । त्यो कोट लगा उँदा म आफूले आफैलाई निकै स्मार्ट र ह्यान्डसम देख्थेँ ऐनामा । त्यै कोटको इज्जत राख्न भए पनि म छिनछिनमा हेयरस्टाइल मिलाइ राख्थेँ, कैले जेलले, कैले तेलले र तेल पनि नभेटे— पानी जिन्दावाद ! स्टेजमा गित गाउँदा होस्, पुरस्कार थाप्न जाँदा होस् या ‘जाँदा’ मात्र होस् त्यो कोटले मलाई छोपेकै हुन्थ्यो । अरु विद्मार्थी एसेम्ब्ली हुने दिन मात्र कोट लाउँथे, म हप्तामा छ दिन नै लगाउँथेँ र सायद कट्टु र भेस्ट माथि लाउन मिल्ने भए त्यो एकदिन पनि छोड्दिन थिएँ होला, ह्यानडसम जो देखिनु थियो मलाई । जाडोमा त ठिकै हो, गर्मीमा पनि बरु भित्र गञ्जी लाइन्थेन सर

सुरुवात

#फुलु उनको र मेरो कथा लेख्छु त भनेँ तर त्यो कथा कहाँबाट सुरु गर्ने, भेउ पाउन सकिनँ । कथा सुरु गर्न मलाई यो कारणले पनि गाह्रो भइ रहेको छ कि, म आफैलाई पनि हाम्रो कथा कहाँबाट सुरु भयो भनेर थाहा छैन, सायद उनलाई थाहा थियो कि ? कुनै चलचित्र वा उपन्यासका नायक–नायिकाको जस्तो हाम्रो कुनै ‘पहिलो भेट’ भएको थिएन, एटलिस्ट मेरो हकमा । जुन भेटलाई म पहिलो भेट भनेर मान्थेँ त्यो भेट त हाम्रो कैयौँ भेट पछिको भेट रहेछ, यो उनी आफैले मलाई भनेकी । उनले जुन भेटलाई हाम्रो पहिलो भेट भनिन्, मलाई त्यस भेटको र दिनको केही कुरा याद छैन जसलाई म कथामा सामेल गर्न सकुँ । उनी आफैले यस्तो कथा बुनेकी जस्तो लाग्थ्यो । तर जे होस् हाम्रो भेट भएकै रहेछ, त्यो ‘पहिलो भेट’ भन्दा पनि पहिले । यसकारण मलाई हाम्रो कथा पहिलो भेटबाट सुरु गर्न अप्थ्यारो भएको हो । प्रायः चलचित्रहरुमा नायकले नायिकालाई देख्छ; ए होइन साँची, उसले नायिकाभन्दा पहिले नायिकाको सुन्दर आँखा, गुलाबी ओठ, बारुले कम्मर र दर्शकलाई नै मुग्ध पार्ने मुस्कान देख्छ; अनि मात्र नायिकालाई देख्छ । मैले चाहिँ पहिले नै उनलाई देखेँ र बानी पर्दै गए पछि उनका अरु कुरा द