Skip to main content

Posts

Showing posts from March, 2016

एक चिहान मुख्य घटनाक्रम २९-३१

परिच्छेद २९ होसियारीको चेतावनी सबैलाई दिँदै नानीथकुँलाई घरमै छोडेर दिनभरि खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिव नारान एक्लै खेततिर लाग्नु, नानीथकुँको विवाह जति सक्दो चाँडो गराउने दौडधुपमा लागेका शिव नारानले एक हप्ताभित्रै एउटा सुयोग्य वर फेला पार्नु, दुलाहा हुने केटो हरेक गुणले योग्य र तराईको भएकाले शिव नारान औधी खुसी हुनु, नानीथकुँ र दुलाहा राम खेलवान राउत दुवैको सहमतिमा दुई दिनमै विवाह सम्पन्न हुनु, परिच्छेद ३० भाइ बहिनीहरुको व्यवहार सिद्धिई हलुङ्गो भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी हुनु, छोराछोरी र श्रीमती हाकुमाया सबैलाई फुक्र्याउँदै शिव नारानले खेतमा मेहनत गर्न प्रोत्साहन गर्नु, परिच्छेद ३१ तीन दिनदेखि अनवरत पानी परेर बाढीको रुप लिन थालेपछि शिव नारानलाई साहुको ऋण तिर्ने कुराले पिर्नु, बाढी बढ्दै आएर शिव नारान बसेको छाप्रो सहित शिव नारानको सबै परिवारलाई बाढीले बगाएर लैजानु, उता शिव नारानको घर पनि भत्किएर सबैको एकै चिहान हुनु, भोलिपल्ट क्वेनामा शिव नारानको परिवारका मानिसहरुको लासको हकवाला कोही पनि नभए पछि बेवारिस ह

एक चिहान मुख्य घटनाक्रम २६-२८

परिच्छेद २६ किसानका लागि वर्षा अति नै प्रिय भए पनि आफ्नो घर भत्किन लागेकाले शिव नारानको परिवार त्रसित जीवन बिताइ रहनु, भात खाँदै गर्दा एउटा घर बनाउनै पर्ने लतमायाको भनाइमा सबैले स्वीकृति जनाउनु, हर्ष नारान र लतमाया बिहेको कुरा गरि रहँदा नानीथकुँलाई आफूलाई कसैले बोलाइ रहेकाजस्तो महसुस भएर झ्यालतिर जानु, एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद आएर आफू उनैलाई लिन सबै बन्दोबस्त मिलाएर आएको कुरा गर्नु, नानीथकुँले डाक्टर गोदत्त प्रसादको प्रस्तावलार्ई ठाडै अस्वीकार गरेपछि उनी खिन्न भएर फर्कनु । परिच्छेद २७ हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फुलि रहेको देखेर छक्क परेकी लतमायाले कारण सोध्दा धेरै बेरपछि मात्र लजाउँदै आफूले आफ्नो लागि दुलही भेटेको र बिहे गर्न चाहेको बताउनु, आफ्नी दुलही तामाङ्नी र आफू जस्तै एक ज्यामी भएको कुरा हर्ष नारानले लतमायालाई बताएपछि लतमायाले खुसीसाथ स्वीकार गर्नु, बेलुकातिर यो खबर पुन नारानले शिव नारानलाई पनि दिनु, नेवार र पर्वतेको सम्बन्ध जोडिन लागेको देखेर शिव नारान पनि औधी खुसी हुनु । परिच्छेद २८ दुलहीलाई डोलीमा ल्याउने स्व

एक चिहान मुख्य घटनाक्रम २४-२५

परिच्छेद २४ रोपाइँको थकान मेट्न शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टर गोदत्त प्रसादसँग नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग नानीथकुँको विवाहको कुरा चलाउनु, शिव नारानले लतमायाको प्रस्ताव सहर्ष स्वीकार गरे पनि आफ्नो प्रगतिशील विचारको प्रभावले गर्दा मानिसहरु हच्किएको र नानीथकुँ आफैले पनि आफ्ना लागि सिल्पट दुलाहा खोजेकाले आफू दोधारमा परेको कुरा बताउनु, मौकाको फाइदा उठाउँदै लतमायाले सुब्बा सुरमानको कुरा अघि सार्दा शिव नारानले रिसाउँदै आमालाई झपार्नु, ठिक त्यहीँ बेला राम बहादुर पनि आइ पुगेपछि कुरा गर्दा गर्दै कुराले झगडाको रुप लिनु, राम बहादुरले तानको पैसा माग्दा शिव नारानले तानै फिर्ता गरिदिने कुरा गरेपछि हाकुमायाले कागज नभएको तान त्यस्ता बेइमानी मानिसलाई फिर्ता नदिने कुरा गर्नु । परिच्छेद २५ आफ्नो कोठाको एक परिवारलाई खेतमै बस्ने बन्दोबस्त मिलाएका शिव नारानले नानीथकुँलाई पनि आफूसँगै खेतमा लैजान थाल्नु, निदाउन निदाउन खोजि रहेकी हाकुमायालाई बिउँझाएर शिव नारान ठट्टा गर्न थाल्नु, यतिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा लौरो लि

एक चिहान मुख्य घटनाक्रम २२-२३

परिच्छेद २२ नानीथकुँ र डाक्टर गोदत्त प्रसादसँग उठेको रिस बिर्सिन नसकेका शिव नारान खेतबाट पाँच बज्दा नबज्दै फकिँदा डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरबाट फर्कँदै गरेको देख्ता रिसले भुतक्क हुनु, तान कोठामा नानीथकुँलाई नदेख्दा झनै रिसाएर शिव नारानले आमालाई र नानीथकुँलाई पनि निकै गाली गर्नु, नानीथकुँको मन पसन्द र स्वतन्त्रताको पनि कदर गर्नु पर्ने हर्ष नारानको मतलाई खण्डन गर्दै शिव नारान आफूले समान उमेरका मानिसबीच रहने स्वस्थ प्रेम सम्बन्धको समर्थन गर्ने तर अनमेल सम्बन्धको कडा विरोध गर्ने कुरा बताउनु दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग मेटाउन भोलिदेखि नानीथकुँलाई पनि खेतमा सँगै लैजाने सल्लाह दिनु । परिच्छेद २ ३ आज शिव नारानको परिवारका सारा सदस्य रोपाइँको काममा मग्नमस्त भइरहनु, रोपाइँको आनन्द र जाँड रक्सीको सुरले नानीथकुँले एकछिनका लागि आफ्नो पीडा भुले पनि रोपाहारहरुलाई पान सुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी आएका डाक्टर गोदत्त प्रसादलाई देखेर फेरी व्यथा बल्झेको महसुस गर्नु, अनेक मरमसला मिसाइएको पान डाक्टर गोदत्त प्रसादले शिव नारान लगायत उनका

नव नेपालको कामना

एक चिहान मुख्य घटनाक्रम २०-२१

परिच्छेद २० डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना देवीले नानीथकुँलाई बोलाउन पठाउनु, ‘आउनू’ भन्ने सन्देश पाउनासाथ खुसी हुँदै नानीथकुँ गोदत्त प्रसादको घरतर्फ जानु, तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगेर अनेक कुरा गरी नानीथकुँलाई सम्झाइ बुझाइ गरी पठाउनु, रञ्जना देवीले आफ्नो र डाक्टर गोदत्त प्रसादबीच प्रेम भएको थाहा पाएर पनि उल्टै आफूलाई निकै माया गरेर सम्झाउँदा रातो मुख लाएर घर फर्किनु । परिच्छेद २१ नानीथकुँलाई रञ्जना देवीको कुराले भित्री मनसम्मै छुनु, आफू डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुलै चाल नपाएकी लतमायालाई नानीथकुँले धेरै टाउको दुखेर माथि काम गर्न नसक्ने निहुँ देखाउनु, डाक्टर गोदत्त प्रसादको प्रेम, रञ्जना देवीको सम्झाइ र शिव नारानको धम्कीबीच अन्तद्र्धन्द्धमा परेकी नानीथकुँको हालत बिग्रँदै जानु, एता डाक्टर गोदत्त प्रसादको पनि उस्तै छटपटाउने, निराश हुने र दिक्दार हुने हालत भए पछि मन नलागी नलागी खाना खाइ सकेपछि नानीथकुँको घरतर्फ जानु, डाक्टर गोदत्त प्रसाद आएको कुरा हिँडाइको आवाजबाटै थाहा पाएर

एक चिहान मुख्य घटनाक्रम १८-१९

  परिच्छेद १८ ‘कपाल दुखेको छ’ भनी नानीथकुँ भात खान नजानु, खना खाइ सकेर सबै आ आफ्नो काम धन्दामा गइसक्दा पनि नानीथकुँ तान कोठामा पनि नजानु, त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल नहुने देखेर नानीथकुँ एक्कासि जुरुक्क उठेर सरासर डाक्टर गोदत्त प्रसादकहाँ जानु, नानीथकुँलाई एक्कासि आफ्नो अगाडि पाउँदा डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित हुँदै आउनुको कारण सोध्दा नानीथकुँको आँखाबाट आँसु छचल्किए पछि बडो मायालु भावमा मुख्य कुरा स्पष्ट भन्न लगाउनु, नानीथकुँले सबै कुरा बेली बिस्तार लाए पछि निराश बनेका डाक्टर गोदत्त प्रसादलाई आश्वासन दिँदै नानीथकुँ आफै उनलाई भेट्न आउने प्रस्ताव राख्नु, आफुकहाँ आइ रहने स्वतन्त्रता नानीथकुँले पाइ रहन नसक्ने कुरा डाक्टर गोदत्त प्रसादले गरे पछि लुकी छिपी आइ रहने र मनाही नै गरिदिए उनकै शरणमा आफू आउने कुरा नानीथकँुले बताउनु,आज क्याजुअल बिदामा बस्ने बताए पछि नानीथकुँ खुशी हुनु र फेरी दुई बीच हँसी मजाक सुरु हुनु, चेवा गरि रहेकी डाक्टर गोदत्त प्रसादकी स्वास्नी रञ्जना देवीले नानीथकुँलाई चाँडै धपाई पठाउने अभिप्रायले वार्ता भङ्ग गर