Skip to main content

Posts

Showing posts from September, 2016

३. Confession

"मलाई कहाँ देख्याथ्यौ र पैलो पटक ?" मन भित्रको उमङ्ग, हर्ष र उत्तेजना सबैलाई कन्ट्रोल गर्दै मैले सोधेको थिएँ त्यो प्रश्न । “तपार्इँ कलेज जाँदा हौ !” अलि झर्किँदै भनिन्, एकछिन अड्किन् र फेरी बोल्न थालिन् — “तपाईँ सधैँ अलि ढिलो कलेज जानु हुन्थ्यो । जैले पनि एता उति नहेरी सिधै अघि सुइ–सुइ हिँड्नु हुन्थ्यो । कोट लाको डल्लो मान्छे त्यसरी हिँडेको देख्दा...” भरखर भरखर मात्र उनी मसँग खुल्न थालेकी थिइन् । यस्तरी खुल्न थालेकी थिइन् कि ‘यूउ ट्युबमा र्‍याप ब्याटलका र्‍यापर्स’ जस्तो ‘ननस्टप’ बोलि रहन्थिन्— गुटुङ्टुङ्; अनि म चाहिँ सुनि रहन्थेँ, चुपचाप । उनी त्यसरी बोलेको सुनि रहन मलाई खुब रमाइलो लाग्थ्यो । त्यसरी बोलि रहँदा उनका आँखा कहिले साना त कहिले ठूला हुन्थे अनि कहिले चाहिँ आँखा झिमिक पनि हुँदैनथे । मलाई हेरेर बोल्न लजाउँथिन् सायद, अगाडि हेरेर 'ननस्टप' ती ओठहरु चलाइ रहन्थिन् । मैले उनको कुरा त्यसरी सुनि रहेको उनलाई मन परे पनि मेरो चुपचाप रहने बानी देखि रिसाउँथिन् । उनले कथा हाल्दै गर्दा मैले इन्टरफेयर वा डिस्टर्ब गर्न नपाउने तर बिच बिचमा “अँ" चाहिँ भन्नै पर्न