Skip to main content

Posts

Showing posts from November, 2016

#फुलु ४. बेचैनी

# फुलु   [[ माघको महिना, शुक्रबारको बिहान थियो त्यो; कलेज नजाने कुरा हिजै तय भैसकेको थियो । मस्त निद्रामा थिएँ, फोन कामेकोले म बिउझिएँ । यति मीठो निद्रा लाग्थ्यो कि 'फुल भोल्युम'मा राखेको 'अलाराम' बज्दा पनि पत्तो पाउदिनथेँ । त्यसैले फोनलाई भाइब्रेसन मोडमा राख्थेँ, सुतेको खाट नै भुँ भुँ गरेर काम्न थालेपछि नउठि धर ? एउटा आँखा एस्सो उघारेर टाइम हेरेँ, साँढे नौ भएको रहेछ 'अलाराम' त दश बजेको थियो । के भएछ भनेर सोच्न नपाउँदै फोन फेरी काम्न थाल्यो । सङ्गित दाइले सम्झिएछन् बिहान बिहानै । एकमनले त फोन नउठा भन्दैथ्यो अर्को मनले मानेन सायद बुढी औँलाले 'रिसिभ बटन' थिचेपछि घोक्रोले आवाज निकालि हाल्यो- "नमस्ते दाइ !" "के गर्दै छस् केटा, के छ तेरो हालखबर ?" घाँटी सफा गर्दै उस्तै स्वरमा जवाफ दिएँ- "ठिकै छ दाइ, कलेज गयो-आयो । यस्तै त हो ।" पहिलो प्रश्नलाई 'स्किप' गरेको थिएँ । "हैन तँ जाँठा त ऐलेसम्म सुतिराछस् कि कसो हँ ?" कुनै उत्तर थिएन मसँग त्यस प्रश्नको, तर उनले नै सजिलो बनाइदिए- "भोलि हलेसी प्रतिस्थानको पिकनिक छ, आ