Skip to main content

Posts

एक चिहान- मुख्य घटनाक्रम ४

परिच्छेद ४ जाँचबुझ गरेर प्रेस्क्रिप्सन लेख्दालेख्दै डाक्टरले आफूतिर हेरेर बाबुलाई निमोनियाले छोइसकेको र व्यथा भएको बताएपछि नानीथकँँुले अँध्यारो मुख लाउनु , नानीथकुँले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले आफूले कोसिस गर्ने र धेरै चिन्ता नलिन भन्नु , लतमायाबाट छोरी नानीथकुँको विवाह भइ नसकेको थाहा पाए पछि भरे इन्जेक्सन पनि आपै m ले दिने बताउँदै हिँड्न लाग्दा शिव नारानले फिस दिनु , नानीथकुँको रुप र यौवनबाट मुग्ध भएका डाक्टर घर फर्कि सकेर पनि धेरै बेरसम्म नानीथकुँको अनुहार सम्झिरहनु , पाँच बज्नासाथ डाक्टर गोदत्त प्रसाद अस्पतालबाट आफै आएर सबै जाँचबुझ गरिदिँदा अष्ट नारानको पीडित परिवारलाई सान्त्वना मिल्नु , डाक्टर जान लागेको बेलामा शिव नारानले फिस दिन खोज्दा एकछिन अनकनाएर बिरामीलाई निको बनाएपछि मात्र फिस लिने कुरा बताउनु ।

एक चिहान- मुख्य घटनाक्रम ३

परिच्छेद ३ ·     डाक्टर बोलाउन गएको शिव नारान नफर्किए पछि र अष्ट नारानको व्यथा बढ्दै आएकोले हडबडाएकी लतमायाले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहनु , ·   सिकर्मी पुन नारान पेस्की लगेदेखि बेपत्ता भएकोले साहुले उनलाई समात्न घर आउँदा त्यस्तो बेइमानी गर्नु राम्रो होइन भन्नु , ·   आफूले बेइमानी नगरेको तर बाबु बिरामी भएकाले काम गर्न नभ्याएको र ल्याएको पेस्कीले ठूलो काम दिएको हुनाले पुन नारनले ठूलो गुन सम्झेको कुरा विनम्र भएर भन्नु , ·       पुन नारानको अति नम्र कुरा सुनेर प्रतिवाद गर्न नसकेपछि दुवै जना घरबाट निस्कनु , ·       पुन नारान पुग्दा पनि डाक्टर किताब नै हेरि रहेको भेटिनु , ·       पुन नारानबाट बाबुको अवस्था झन बिग्रिएको कुरा सुनेर शिव नारानले डाक्टरलाई फेरी अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्नु पर्ने कुरा बताउनु , ·        घर पुग्नासाथ फिस तिर्ने कुरा भए पछि डाक्टर...

एक चिहान- मुख्य घटनाक्रम २

  परिच्छेद २ ·         आफ्नै टोलका तथा असनका गुभाजुलाई देखाउँदै दुई महिना बितिसक्दा पनि अष्ट नारानको अवस्थामा सुधार नआएको , ·      माहिला कविराजको फिस , औषधी गर्दा ऋण लिएको पच्चिस रुपियाँ पनि सकिए पछि आफ्ना पोइले आफ्नो अन्त्येष्टि क्रिया निम्ति गाडि राखेको रुपियाँ खर्च गरेर भए पनि डाक्टर लगाउने विचार लतमायाले गर्नु , ·       लतमायाको उक्त विचार सबैलाई मन परे पनि सबैलाई , अझ बढी जेठा छोरा शिव नारानलाई , बाबु बिरामी हुँदा समेत डाक्टरलाई देखाउन नसकेकामा ठूलो चोट पर्नु , ·      नजिकका र नाम चलेका डाक्टर भएकाले डाक्टर गोदत्त प्रसादलाई देखाउने सल्लाह भई शिव नारान डाक्टर बोलाउन जानु , ·          डाक्टरले शिव नारानलाई बेवास्ता गर्नु , ·      डाक्टरको व्यवहारले शिव नारानलाई झोँक चले पनि आफ्नो अवस्थाको ख्याल गर्दै रिसमा पनि होस राखी बारम्बार वि...

एक चिहान-मुख्य घटनाक्रम १

परिच्छेद १ ·         विरामी अष्ट नारानलाई आफ्नो अन्तिम अवस्था आइसकेको भान भएकोले आफ्ना परिवारका सबै सदस्य जम्मा भएको वेला पारी अर्ति उपदेश दिइ रहेका, ·          विरामी अवस्थामा धेरै नबोल्नका लागि सबैले अष्ट नारानसँग अनुरोध गरि रहेका, ·          बोल्दा बोल्दै अष्ट नारानको बोली टक्क रोकिँदा सबै हडबडाए पनि अष्ट नारान फेरी बोल्न थाले पछि स्थिति सामान्य अवस्थामा फर्किएको, ·          सबैले नबोल्न अह्राए पछि अष्ट नारानले अन्त्यमा दुई वर्ष अघिदेखि आफ्नो अन्त्येष्टिका लागि आपू m ले पैसा बचाएर राखेको रहस्य खोल्नु र त्यो भन्दा बढी खर्च ऋण नलिन अह्राउनु 1

एक चिहान-पात्र परिचय

राम बहादुर उपन्यासको सहायक खलपात्र राम बहादुर सुब्बा सुरमानका कारिन्दा का रुपमा देखा परेका छन् । मालिकलाई खुसी पारेर आफ्नो जीविका चलाउन विवश राम बहादुर सुब्बाको कुकर्म र दुर्नियतमा सहयोगी भूमिका खेलेकाले उपन्यासको असत् पात्र हो । नानीथकुँको विषयमा शिव नारान र उसका भाइहरुबाट अपमानित ऊ एक लाचार पात्र को रुपमा देखिन्छ ।

एक चिहान-पात्र परिचय

लतमाया अष्ट नारानकी वृद्धा पत्नी लतमाया लोग्नेप्रति समर्पित , छोराछोरीहरुप्र्रति चिन्ता र चासो राख्ने आदर्श पत्नी र आमाको रुपमा चिनिन्छिन् । सधैँ दुखमात्र गरेकी कहिल्यै सुखको अनुभव गर्न नपाएकी लतमाया आर्थिक तनावबाट मुक्त भएर सुखी जीवन बिताउन चाहन्छिन् । देशी तानको बदलामा आफ्नी छोरीको जवानी बुढो सुब्बासँग साट्न लागेकी सोझी लतमाया धनप्रति लुब्ध देखिन्छिन् ।

एक चिहान-पात्र परिचय

सुब्बा सुरमान उपन्यासको सहायक खलपात्र सुब्बा सुरमान तत्कालिन नेपाली समाजका शोसक, साहु महाजन र सामन्तीहरुको प्रतिनिधि चरित्र हो । नारीको यौवनलाई खेलौना ठान्ने सुब्बा सुरमान कामुक र विलासी चरित्र देखिन्छ । धनको आडमा धाकधम्की देखाएर गरिबको जीवनमा खेलबाड गर्ने शोसक सुरमान दुष्ट चरित्र हो ।