Skip to main content

#फुलु ५. प्रतिक्षाकाे फल

उसै पनि ढिलो उठ्ने मान्छे, राति अबेर सम्म बसेकाले बिहान ८ बजे तिरै बिउझिए पनि अल्सी लागेर कोल्टो फेर्दै ओछ्यानमा पल्टि रहेँ । रुपा अगि नै पसल सम्हाल्न गैसकेको रहेछ । आज भाँडा माझेर खाना पकाउने पालो मेरो थियो, सम्झिँदै अल्सी लाग्ने ! दिन बिराएर पालैपालो खाना बनाउनु पर्ने कुरामा हाम्रो सहमति भएको थियो; जसले गर्दैन उसैले खाने कुराको जुगाड गर्नु पर्ने थियो दुवै जनाको लागि । उसलाई त के थियो र ? पसल ठिकै चल्थ्यो दुई–तीन सय रुपियाँ लिएर आएपछि दुई जनालाई पुग्ने खानेकुरा जति पनि पाइन्थ्यो । समस्या त मलाई थियो, अल्सीको ठुलै पोका अनि घरबाट पनि पैसा पठाउन छाडिसकेको थियो ।
आफ्नै जीवनलाई गाली गर्दै उठेँ अनि दिसा–पिसाबबाट निवृत्त हुने र दाँत माझ्ने ‘मिसन’ लिएर बाथरुम छिरेँ । मुख धुने बेला एस्सो ऐना हेरेँ । ओठ माथि थुपै्र जुँगा पलाइ सकेछन् । नाकको देब्रे पोरा नजिकै एउटा बडेमाको डन्डिफोर आएछ । दुवै हातको चोर औँलाले बेस्सरी निचार्न खोजेँ । दुखेर आँसु नै आयो झन्डै तर त्यो फोका फुटेन–रातो मात्र भयो । फेरी आँखा चिम्लेर निचारेँ । अँहँ, फेरी पनि फुटेन । फेरी निचारुँ जस्तो लागेको थियो तर हिम्मत आएन । बरु चिउँडोमा दारीले छोपेको फोका निचारेँ । निधार तिर पनि आएका रैछन तीन चारवटा । ‘स्लिप डिस्टर्ब्यान्स्’ले यस्तो हुन्छ रे ।
ऐना भन्दा अलि पर गएर हेरेँ, डन्डिफोर नदेखिएको जस्तो लाग्यो अनि थोरै पानी कपालमा छर्केर एस्सो ढल्काएँ । फिस्स हाँसेर ‘स्माइल’ दिएँ । अलिक ‘ह्यान्डसम’ देखिन्छु कि भनेर ऐनामा हेरेँ — देखिइनँ अनि निरास भएर बाथरुमबाट निस्किएँ ।
सिरकहरु केहि नमिलाई बाथरुम छिरेको म ऐले सब मिलेको देखेर चकित परेँ । कसले गरेछ भनेर सोच्न नपाउँदै कुनाबाट आवाज आइ हाल्यो—
“कति बेर ला’को हौ ?”
ए... उनी त आइ सकिछन् । “भात हाल्ने र फाल्ने काम चाहिँ आनन्दले गर्न पाउनु पर्छ भन्ने सिद्दान्त बोकेको मान्छे हो म त ।” तौलीमा हात र मुख पुछ्दै मैले भनेँ ।
“ओहो, कस्तो महान् सिद्दान्त तपाईँको !” उनी हाँसिन् ।
“धन्यवाद !” भन्दै उनीतिर हेरेको त मेरो डायरी पढि रहेकी रहिछन् उनी त ! झटपट तौली फालेर डायरी खोस्न झम्टिएँ । उनले डायरी समातेको हात पर तिर लगिन् ।
“खोइ ल्याऊ त्यो डायरी मैले मागेँ ।“
“यति पढि सकेपछि दिन्छु । उनले हात झन् पर लगिन् ।“
उनकै हातबाट खोस्नलाई उनी तिर ढल्किएँ । उनी उत्तानो परेर बेडमा पल्टिइन् । मेरो छाती उनको छाति माथि पर्यो । भरखरै फ्रेस भएर आएको जीउ पुरै सिरिङ्ग भयो । उनलाई पनि त्यस्तै भयो होला सायद मलाई धकाल्न खोजिन् । म लाज र डरले रातो हुँदै उठेँ ।
“पढ पढ, हुन त तिम्रै लागि लेखेको हो । तर तिमीले अस्तिको कुरा भनेपछि मात्र पढ्न दिने सोचमा थिएँ ।” मैले उनीतिर नहेरी भनेँ ।
उनी केही पनि नबोली पढ्न थालिन् । तर उनको सास बढिरहेको चाल पाएँ । गाला पनि हल्का रातो भएझैँ लाग्यो । म उनले मैले लेखेको कथा पढिरहेको हेरि रहेँ । उनी पढ्दा पढ्दै मुस्कुराउन लागिन् घरि घरि । अनि घरि घरि मतिर पुलुक्क हेर्दै मुस्कुराउँथिन् । त्यो बखत मलाई उनी साह्रै राम्री लागिन् । हेरिरहुँ जस्तो लागिन् ।
“कस्तो लाग्यो त ? चित्त बुझ्यो ?” उनले पढिसके पनि कुनै प्रतिक्रिया दिएकी थिइनन् ।
“राम्रो छ ।” उनले यति मात्र भनिन् । मलाई चित्त बुझेन । म आफैलाई पनि एकदम मन परेको थियो मेरो लेखाइ । प्रसंशाका दुई तीन शब्द दिलिन् कि जस्तो लागेको थियो तर यहाँ त मैले सोचेभन्दा ठिक विपरीत भइ रहेको थियो ।
“‘कमेन्ट र फिडब्याक’ पाऊँ न त ।” उनले नदिए पछि म आफैले मागेँ ।
“एउटा कुरा भन्छु मान्नु है ।” आशालाग्दो हेराइका साथ गम्भिर भएर उनले भनिन् ।
उनले कस्तो खालको उत्तरको अपेक्षा गरेकी थिइन् मेसो पाइँन । उनलाई खुशी बनाउन त थियो नै । तैपनि आत्म सम्मान पनि पुर्ण रुपमा गुमाउन चाहन्नथेँ । आफ्नो बचावट गर्ने ध्येयले भनेँ—
“पैले भन न के हो । सक्ने रहेछु भने मानि हाल्छु नि ।”
“तपाईँले सक्ने काम नै हो के ।”
“त्यसो भए ओके । के गर्नु पर्यो भन त अब ।”
मेरो हातमा डायरी राख्दै उनले भनिन् —
“यो कथा पुरा गर्नुस् । लेखिए पछि कथा अमर हुन्छ । हाम्रो कथा पनि अमर बनाइदिनुस् । मञ्जुर ?”
उनी यस्तरी बोलेको पहिलो पटक सुनेको थिएँ । के भनूँ के भनूँ भयो ।
“कथा त लेखुम्ला तर त्यस्तो उत्कृष्ट बनाउन सक्छु जस्तो लाग्दैन । तिम्लाई मन पर्यो भन्दैमा सबैलाई मन पर्छ भन्ने छैन । अनि अर्को एउटा कुरा...”
“के कुरा ?” मैले “लेख्छु”भन्नासाथ उनी खुशीले उत्साहित भएकी थिइन् मलाई पूरा वाक्यसम्म पनि बोल्न दिइनन् ।
उनी त्यसरी फुर्केको हेरिरहन मलाई खुब रमाइलो लाग्यो । आँखा खुम्च्याउँदै त्यहीँ ‘क्युट एक्सप्रेसनकासाथ उनी झर्किन्—
“छिटो भन्नु न !”
म अब मैले भन्न लागेको कुरा भनूँ कि नभनूँ भनेर दोधारमा परेँ । उनले “छिटो !” भन्दै चिमोटे पछि कुरा घुमाउँदै भनेँ —
“तिमीलाई थाहा छ, रोमियो जुलियट, लैला मजनुन र मुना मदनको कथामा के ‘सिमिलारिटी’ छ ?”
“के छ ?”
“तिनीहरुको ‘एण्डिङ’ । सबै वियोगान्तक छन् त्यसैले तिनीहरु अमर छन् ।” 
“तपाईँले ‘मधु मालतीको कथा’ पढ्नु भा’छ ?” अलिकति रिस पनि मिसिएको थियो उनको स्वरमा । मैले फिस्स हाँस्दै जवाफ दिएँ—
“त्यो कथा अरु जस्तो ‘फेमस’ छैन नि त ।” उनले केही भन्नु अगावै फेरी मैले भनेँ—
“लु अब तिमी भन, अस्ती के भन्न लाग्या’थ्यौ । मान्छेलाई पुरै ‘सस्पेन्स’मा राखेर... त्यो दिन देखि राम्ररी खाना पनि रुचेको छैन । ए अँ साँचि त आज खाना पनि बनाउनु पर्ने छ मैले त । लु भन छिटो ।”
उनले हाँस्दै भनिन् —
“त्यै हौ हामी बाझको कुरा । सारो चित्त दुखेको थियो त्यो दिन मेरो । झन् आफै जानी जानी मोबाइल बिगारेर उहाँ परदेखि यहाँ बनाउन ल्या’को बोल्ने निहुँमा— उल्टै गाली गर्दिरा’ ।”
लौ, अब फसाद परेन त ! झन् बिर्सेकी होलिन् भनेको त । फेरी पनि नाजवाफ भएँ । तेती भनेर उनी चुप लागिन् । अब कुरा अघि बढाउने पालो मेरो थियो । खाना बसाउन बेडबाट उठ्दै भनेँ—
“त्यो दिन मैले तिमीलाई केके भनेँ मलाई अझ था’छैन । त्यो विषयमा अझ तिम्रो चित्त दुखिरहेको छ र मैले ‘सरी’ भन्दा केही मलम पट्टी हुन्छ भनेँ म जे गर्न पनि तयार । हेर म त्यो बेला तिमीलाई चिन्दिनथेँ । मेरो ठाउँमा बसेर हेर, तिमी पनि आफ्नो साथीको पक्ष त पक्कै गर्थ्यौ होला । तर जे भए नि ‘आइ एम सो सरी फर द्यात्’ ।” अनि समाइराखेको कुकर तल राखेर दुवै हातले कान समातेँ ।
उनी ठूलै स्वरले हाँसिन्— “मैले त्यसो भनेँ र ? मेरो चित्त दुखेको थियो भनेको पो त । ऐले त तपाईँलाई पुरै क्षमादान भैसक्यो नि ।”
‘ओभर रियाक्सन’ पो दिइएछ । “जे भए नि, सरी” भन्दै म आफ्नो काम गर्न थालेँ, उनी हाँस्दै हाँस्दै मलाई सघाउन थालिन् ।
“अनि अर्को कुरा...” उनी फेरी सुरु भइन् ।
“के ?”
“यदि तपाईँले त्यो दिन मेरो चित्त नदुखाउनु भ’को भए पिकनिकमा त्यो ‘डान्स्’ म तपाईँलाई ‘डेडिकेट’ गथेँ ।”
फेरी पश्चात्तापको बादलले घेर्यो मलाई । पश्चात्ताप चाहिँ उनको चित्त त्यस्तरी दुखाएकोमा या आफूलाई त्यो डान्स् ‘डेडिकेटेड’ नभएकोमा बढी थियो, थाहा थिएन । अनि उनीतिर फर्केर भनेँ—
“यदि तिमीसँग एउटा ‘टाइम मसिन’ दिइयो र तिमीलाई ‘पास्ट्’मा गएर कुनै एउटा कुरा फेरी गर्ने मौका छ भनेँ तिमी के काम गथ्र्यौ ?”
“खोइ ! थाहा छैन । तर किन ?”
“भन न पैले । अनि म भन्छु ।”
“सायद म जन्मनु भन्दा अघिको ‘टाइम’मा गएर अर्कै आमाको कोखबाट जन्म लिन्थेँ होला ।” उनले पुरै ‘सिरियस्’ भएर जवाफ दिईन् ।
उनले उनीहरु आमा–छोरी बीचको ‘प्रब्लेम’ मलाई भनि सकेकी थिइन् । त्यसैले मैले “किन ?” भनेर सोधिनँ । फेरी सन्नाटा छायो । अनि सन्नाटालाई चिर्दै उनी फेरी बोलिन्—
“अनि तपाईँ नि, के गर्नु हुन्थ्यो तपाईँचाहिँ ?”
“म, मचाहिँ मैले तिमीलाई गाली गरेको दिनमा गएर तिम्लाई खुब ‘इम्प्रेस’ गर्न खोज्थेँ ।” मुस्कुराइ रहेको उनको मुहारतिर मुस्कुराउँदै भनेँ ।
“वाह ! हाउ रोमान्टिक !” केही छिन् अघि निकै गम्भिर देखिएकी उनी हाँस्न थालिन् । म पनि हाँस्न थालेँ, हर्षले । “तर किन ?”
“ताकी पिकनिकमा त्यो ‘डान्स्’ तिम्ले मलाई ‘डेडिकेड’ गर्थ्यौ । मलाई ऐलेसम्म कसैले त्यस्तो ‘डेडिकेट’ गरेको छैन ।” स्वरलाई सकेसम्म ‘कन्भिन्सिङ’ बनाउँदै भनेँ ।
अब चाहिँ उनी खित्का छाडेर हाँस्न थालिन् । म उनलाई हेरिरहेँ । हाँसो थामिए पछि उनले भनिन्— “त्यस्को लागि ‘टाइम मसिन’को जरुरत पर्दैन हौ । म तपाईँलाई ‘डेडिकेट’ गरिहाल्छु नि फेरी फेरी ।”
“गर्लाऊ तर त्यो बेला हुने मजा जति मजा अब हुँदैन , तिमीलाई पनि र मलाई पनि ।”
उनले सहमतमा टाउको हल्लाइन् ।
“तर तिमीले मलाई ढाट्यौ यार ।” मैले भनेँ ।
“हँ, के ढाँटे र मैले ?”
“प्रतिक्षाको फल मिठो हुन्छ भन्थ्यौ, यत्राको हुनु । झन् तितो बनाइ दियौ ।”
“अँ हई !” उनी हाँस्न लागेकी थिइन् ढोकामा ढक्ढक् आवाज आएकाले रोकिइन् ।
रुपा आएको रहेछ भात खान । चुल्होतिर हेर्दै सोध्यो— “भात पाक्यो ?”
अँहँ, पाकेको थिएन ।

Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु

एक चिहान- मुख्य घटनाक्रम ३

परिच्छेद ३ ·     डाक्टर बोलाउन गएको शिव नारान नफर्किए पछि र अष्ट नारानको व्यथा बढ्दै आएकोले हडबडाएकी लतमायाले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहनु , ·   सिकर्मी पुन नारान पेस्की लगेदेखि बेपत्ता भएकोले साहुले उनलाई समात्न घर आउँदा त्यस्तो बेइमानी गर्नु राम्रो होइन भन्नु , ·   आफूले बेइमानी नगरेको तर बाबु बिरामी भएकाले काम गर्न नभ्याएको र ल्याएको पेस्कीले ठूलो काम दिएको हुनाले पुन नारनले ठूलो गुन सम्झेको कुरा विनम्र भएर भन्नु , ·       पुन नारानको अति नम्र कुरा सुनेर प्रतिवाद गर्न नसकेपछि दुवै जना घरबाट निस्कनु , ·       पुन नारान पुग्दा पनि डाक्टर किताब नै हेरि रहेको भेटिनु , ·       पुन नारानबाट बाबुको अवस्था झन बिग्रिएको कुरा सुनेर शिव नारानले डाक्टरलाई फेरी अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्नु पर्ने कुरा बताउनु , ·        घर पुग्नासाथ फिस तिर्ने कुरा भए पछि डाक्टर बिरामी हेर्न जान राजी हुनु ।