पात्र परिचय
१. अष्ट नारान
पैसट्ठी वर्षका वृद्ध
अष्ट नारान ज्यापू समुदायको एउटा गरिब किसान
हो ।
कर्तव्यप्रति सधैँ सचेत र स्वाभिमानी अष्ट नारान परिश्रमी हुँदा हुँदै पनि गरिबीकै कारणले मृत्युको मुखमा पुगेको लाचार पात्र हो ।
धेरै बाँच्ने लोभमा स्वास्नी र छोराछोरीलाई ऋणमा डुबाउनु भन्दा मृत्युलाई स्वीकार्न तयार अष्ट नारान भावनामा नबग्ने, अभिभावकीय र कर्तव्यप्रति सधैँ सचेत व्यवहारिक चरित्र
हो ।डाक्टरको बदलिएको व्यवहारको सम्भावित हेतु पहिले नै अड्कल काट्न सक्ने अष्ट नारान दूरदर्शी र अनुभवी पात्र हो ।उसले छोराहरुलाई अप्ठ्यारो नपरोस् भनेर आफ्नो अन्त्येष्टिका लागि २५ रुपिँया जोगाएर राखेको छ ।
अष्ट नारान काजक्रिया, चाडबाड, विवाह ब्रतबन्ध आदि संस्कारमा अनावश्यक तडकभडक, भोजभतियार, दाइजो उपहारको नाममा फजुल खर्च गर्ने परम्पराको विरोध गर्ने रुढिवादि मान्यता विरोधी र सुधारवादि
किसान हो ।
परिवारलाई सुख दिन नसकेकोमा दुखी अष्ट नारान प्रगतिवादि चरित्र
हुन् ।
Where are others characters definitions. Add it please 😁😊🙏
ReplyDelete