उपन्यासको परिवेश
एक चिहान काठमाडौँ उपत्यकाका सहर र गाउँको मिश्रित परिवेशमा आधारित सामाजिक यथार्थवादि उपन्यास हो जसमा २०१०–११ साल तिरको निम्न वर्गीय किसानहरुको सामाजिक यथार्थ चित्रण गरिएको छ । यसका मुख्य पात्रहरु नेवारी समुदायका हुन् जसलाई गरिबीसँग जुध्न खेतिपाति र मजदुरी गर्नु पर्ने बाध्यता छ ।
अष्ट नारानको घर सहरमा र खेति गाउँमा छ । गाउँ समाजको रहनसहन बढी खर्चिलो भएकाले उसको परिवार यसको दुष्प्रभावबाट पीडित छ । यसरी आधुनिक विकास हुन नसकेको टोल र वर्गीय समस्या भोग्न विवश पात्रको जीवनको परिस्थिति नै उपन्यासको मुख्य परिवेश रहेको छ ।
यसमा निम्न वर्गीय पीडा र अभावलाई चिनाउँदै तत्कालिन समाजको यथार्थ चित्र उतारिएको छ । मानिसहरु आर्थिक स्तर अनुसार उपचारका लागि गुभाजु, वैद्य र डाक्टरकहाँ जान थालेका छन् । ज्यापू समाजमा रुढिवादि मान्यता छ तर अष्ट नारानको परिवार बिस्तारै सचेत र जागरुक हुँदै छ ।
चाडपर्व, काजक्रिया, विवाहजस्ता काममा फजुल खर्च गर्ने परिपाटि र कुसंस्कारको विरोध हुन थालेको छ । त्यस्तै अन्तरजातिय विवाहलाई मान्यता दिँदै जातिय एकता, सद्भाव र सांस्कृतिक समन्वय बढाउने अभियान प्रारम्भ भएको छ ।
निम्न वर्गलाई गरिबीका कारण औषधोपचार, अन्त्येष्टि, चाडपर्व आदिमा ऋण लिनुपर्ने बाध्यता छ । रात दिन काममा घोटिँदा पनि साहुलाई बाली तिर्न मुस्किल परेको तथा जीवन धान्न धौ–धौ परेको अवस्था छ भने अर्कातिर शोसक साहु महाजनहरु तिनै निम्न वर्गीय परिश्रमी किसानहरुलाई शोषण र थिचोमिचो गरी उनीहरुमाथि हैकम चलाउँदै विलासी जीवन बिताइ रहेका छन् ।
डाक्टर र सुब्बा जस्ता शोसकहरु धनको आडमा आफ्नो स्वार्थ पूर्ति गर्ने दाउमा छन् भने त्यस्तो शोषण विरुद्ध विद्रोह पनि हुन थालेको छ । विरोध गर्दा धम्की र अपमान गरिएको छ ।
नारीहरु पुरुषको कामुकता, स्वार्थ, पाशविकता र अनैतिकताका मारमा छन् । शोषणपूर्ण गरिबीले ग्रस्त निम्न वर्गीय सामाजिकता नै यसको परिवेश बनेको छ ।
धनी र गरिब, शोसक र शोसित, वासनात्मक प्रेम र आत्मिक प्रेम तथा षड्यन्त्र र विद्रोहबीच उपन्यासमा द्वन्द्वको सिर्जना भएको पाइन्छ । यसरी गरिबीले ग्रस्त शोषणपूर्ण विद्रोह एवम् जागरणमुखी निम्न वर्गीय सहरी समाजलाई यस उपन्यासले समेटेको छ ।
sahi ho hai
ReplyDeleteहा हा
DeleteHamro Palo ma kasaile esto post gareko vae mero ramro marks authyo hola. Thumbs up for ur selfless initiation. And no need to mention that u have an awesome Nepali writing.
ReplyDeleteअब हाम्रो पालामा कसैले यस्तो नभनोस् भनेर हल्का initiation लिदेको नि :)
Deletethank u for ur प्रोत्साहन !!!
...and I don't want to take a credit for the work I didn't do, the above published content is provided by our Nepali teacher. But I will soon edit and update, and take the credits :)