परिच्छेद ६
- डाक्टरको औषधी पर्नासाथ अष्ट नारानलाई राम्रो निद परिदिएकाले अष्ट नारानको परिवारमा आशा पलाउनु,
- बिउँझँदा आफ्ना सबै परिवार आफ्नो वरिपरी देखेपछि अष्ट नारानले शिव नारानलाई मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्ने किसानको काम कर्तव्य सम्झाउनु,
- शिव नारान गइ सकेपछि अष्ट नारानले पुन नारानलाई पनि बर्सात सुरु भए पछि घर बनाउने काम कम हुने भएकाले काममा जान लगाउनु,
- हात खुट्टा बलियो भए पछि काम जति पनि पाइने तर छोराछोरीका लागि बाबु सधैँ नपाइने कुरा पुन नारानले भन्दा उनीहरुले कुर्दैमा आफुलाई एकदिन पनि बढी बचाउन नसक्ने तथ्य अष्ट नारानले भनेपछि पुन नारान पनि नाजवाफ भएर चुप लाग्नु,
- आफुलाई नकुरी नछोड्ने छोराछोरीको हठ थाहा पाए पछि अष्ट नारानले अरु सबै आ–आफ्नो काममा जान र खाली बुढिया लतमायालाई कुर्न बस्न लगाउनु .
Comments
Post a Comment