परिच्छेद ११
- शिव नारानको घरमा डाक्टर गोदत्त प्रसादको आवत जावत बढ्नु,
- पाँच बज्नासाथै लतमाया तान बुन्न छोडेर भात पकाउन भान्सामा उत्रेपछि डाक्टर गोदत्त प्रसाद आइ पुग्नु,
- डाक्टर गोदत्त प्रसाद र नानीथकुँबीच विविध कुरामा ठट्टा मजाक र रसरङ्गका कुरा हुनु,
- कुरै कुरामा डाक्टर गोदत्त प्रसादले नानीथकुँलाई नामको ‘थकुँ’ हटाएर ‘नानी’ मात्र भन्न रुचाएको कुरा व्यक्त गर्नु साथै आफूलाई के भन्न रुचाएको भनी नानीथकुँलाई प्रश्न गर्नु,
- धेरैबेर पछि नानीथकुँले आफूलाई ‘तिमी’ भन्न रुचाएको कुरा थाहा पाएपछि डाक्टर गोदत्त प्रसादले नानीथकुँलाई अँगाल्न खोज्नु,
- यस्तैमा लतमायाले नानीथकुँलाई खाना खान बोलाएपछि भोलि फेरी भेट्ने बाचा गर्दै डाक्टर गोदत्त प्रसाद छुट्टिनु ।
Comments
Post a Comment