परिच्छेद १४
- भोलिपल्ट बिहानै भात खाएर काममा जान लाग्दा शिव नारानले आमालाई ‘नानीथकुँलाई भात पकाउन लाएर तपार्इँ तान बुन्न बस्नुहोला’ भने पछि छक्क परेर लतमायाले कारण सोध्नु,
- शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादबीच हुने गरेको ख्याल ठट्टको विवरण बताए पछि लतमायाले डाक्टर आउने गरेको कुरा सत्य भएको तर त्यस्तो गतिविधिको बारेमा केही थाहा नभएको बताउनु,
- नानीथकुँको हर्कत देखी घृणा र डाक्टरप्रति रिस गरेकी लतमायाले त्यस्तो खबर दिने मान्छेको बारेमा सोधपुछ गर्दा शिव नारानले जो कोहीले भने पनि आफूहरुले होसियारी गर्नैपर्ने कुरा बताउनु,
- आमाको ‘अर्काको बदनाम गर्न पनि दुर्जनहरुले नचाहिँदो बकवास गर्न सक्छन्’ भन्ने तर्कलाई काट्दै पुन्चाकी स्वास्नीले हाकुमायालाई भनेको सम्पूर्ण कुरा सुनाउनु,
- डाक्टरलाई ठाडै ‘अबदेखि नआउनू’ भन्न नमिल्ने भएकाले घरमै बस्ने लतमायालाई डाक्टरलाई भगाउने अभिभारा सुम्पनु,
- काममा जानु भन्दा अगि शिव नारानले लतमायालाई सुब्बा सुरमान पनि डाक्टर गोदत्त प्रसाद जस्तै असल मान्छे नभएकाले उनले दिन खोजेको विदेशी तानको मद्दतलाई पनि अस्वीकार गर्न लगाउनु ।
Comments
Post a Comment