परिच्छेद १०
- बाबुको मृत्यु पछि शिव नारानले घरको नेतृत्व लिनु,
- आमा छोरी दुई जनालाई घरमै कपडा बुनी घर कुर्न लगाउनु,
- लतमाया र नानीथकुँ तानमा कपडा बुनिरहेको एकदिन आफ्ना तल्सिङ सुब्बा सुरमानका कारिन्दा राम बहादुर आई देशी तानको व्याख्या गर्दै त्यही किन्ने सुझाव दिनु,
- आफू गरिब भएकाले त्यो सम्भव नभएको कुरा लतमायाले बताएपछि राम बहादुरले कुनै पनि हालतमा सुब्बा सुरमानबाट ऋण लिइ दिने कुरा बताउनु,
- देशी तानबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना देखेकी लतमायाले गएको साल सुब्बा सुरमानका छोराहरुले आफूमाथि गरेको अन्यायको बारेमा बताउनु,
- त्यस्तो अन्याय भएको कागज च्यातिइसकेको कुरा बताउँदै राम बहादुरले त्यो बाली पनि माफी गराइदिने बाचा गर्नु,
- अन्त्यमा लतमायाको स्वीकृति लिएर भोलि आउँदा भरियालाई देशी तान बोकाएर आउने बाचा गर्दै राम बहादुर बिदा हुनु ।
Comments
Post a Comment