परिच्छेद
८
- अष्ट नारानको मृत्युले टोलमा सनसनी फैलिइ दाह संस्कारका लागि गुठियारहरु आइपुग्दा शिव नारानलाई बाबुको मृत्युले भन्दा बढ्ता दाह संस्कारको काम कसरी गर्ने भन्ने कुराले पिरोल्नु,
- भएको पैसा र अन्न पनि बाबुको उपचारमा सकिएपछि बाँकी रहेको सामान बेचेर काम चलाउने सुझाव पुन नारानले दिनु,
- यस्तो दुखद अवस्थामा सामान बेच्न लैजाने कुरा सर्वमान्य नभए पछि नानीथकुँको सुझावअनुसार डाक्टर गोदत्त प्रसादलाई पैसा सापट माग्न हर्ष नारान र नानीथकुँ जानु,
- यता मरेको चार घन्टा भइसक्दा पनि लास अन्माउने केही सुरसार नभएकाले गुठियारहरु हत्तारिनु,
- हर्ष नारान र नानीथकुँ दुवैलाई अस्पतालतर्फ आउँदै गरेको देखेर गोदत्त प्रसादले जिल्ल पर्दै उनीहरु त्यहाँ आउनुको कारण सोध्नु,
- बडो अप्ठ्यारो मान्दै नानीथकुँले पैसा मागे पछि डाक्टरले झट्टै पैसा दिई दागबत्तीको काम पुरा गर्न दाजु बहिनीलाई पठाउनु ।
Comments
Post a Comment