Skip to main content

अधुरो कविता र नयाँ नेपाल

मन्त्रिमण्डलमा,
kसंसदसभामा,
अनि जनताका प्रत्येक सचेत मगजहरुमा
जब
नयाँ नेपालको खाँचोको महसुुुस भयो
तब
मेरो कवि मनमा
एउटा नयाँ कविता लेख्नु पर्ने
आवश्यकताको महसुस भयो ।
त्यसैले,
उता ६०१ को छनोट भइ रहँदा
मैले पनि छान्न थालेँ
कवितात्मक छाँटहरु
अनि बान्की परेका शब्दहरु ।
हरेक बिहान घाम लाग्थ्यो
जाडो या गर्मी
घाम पारिलै हुन्थ्यो
र,
तेही पारिलो घामको छाया ताप्दै
हाई काढ्दै र आँखा मिच्दै
म कविता लेख्थेँ ः–
विधिको विधान – नेपालको संविधान ।
तर,
कृषिप्रधान देशलाई
कुर्सी प्रधान बनाउन थालिए पछि
कागजका ती उर्वर पानाका
गरा गरामा
कुनै शब्द उब्जाउन सकिनँ
नयाँ कविता लेख्ने एउटा अर्को प्रयास
खेर गएको महसुस भयो ।
बित्थैमा,
राज्यको चुनाव खर्च खेर गयो
२ करोड जनताको सपना तुहियो
आफ्नो कविताले आफ्नै चित्त नबुझेपछि
मनमा निराशा छाउन थाल्यो
जुन,
स्वास्थ्यको लागि हानिकारक थियो
त्यसैले 
मनलाई आश्वासन दिलाउन
‘भोलि लेख्छु’ भन्दै म्याद थप्न थालेँ
‘सँगिनी सुई’ जस्तै
‘एक पटक लाए पछि तीन महिना ढुक्क ।’
दिलाइएको आश्वासन न हो
कति पो काम गथ्र्यो र 
अन्तत ः
नयाँ शीर्षक सहितको
नयाँ कविता लेख्नु पर्ने
आवश्यकताको महसुस भयो ।
सोच्न थालेँ, गम्न थालेँ
छन्द या बेछन्दको
लामो या छोटो
कस्तो संरचनाको कविता
कुन शीर्षक र विषयको कविता
बढी लोकप्रिय हुन्छ,
बढी प्रभावकारी हुन्छ ?
मलाई त रच्नु थियो,
सिर्जना गर्नु थियो
एउटा यस्तो कविताको
जसले मन जितोस्
हरेक पाठकको,
एक एक श्रष्टाको
अनि साहित्य जगतमा
त्यसले हङ्गामा मच्चाओस्
कविता होस् त यस्तो
तर,
शब्दहरु नै सुगठित नभए पछि
मनमा चिसो पसेको महसुस भयो ।
राजनैतिक दलहरुले
यत्र तत्र सर्वत्र टालेका
प्रोपागान्डा पढेपछि
असमयमै सपना देख्न थालेँ
वास्तविकता भन्दा धेरै टाढाको  
कथित नयाँ नेपालको ।
सडकहरु चिप्लेर लडिएलाझैँ चिल्ला
बिजुली  बत्ती झिलिमिली
पचहत्तरै जिल्ला
हरियो भरियो पाखापखेरी वन
वाह! क्या राम्रो नेपालको प्राकृतिक तन
गाउँ गाउँमा, टोल टोलमा
हाइस्कुल र क्याम्पस
दुःख पाउँछस् मङ्गले
विदेश नजा स्वदेश मै बस् ।
अनि त्यहाँ,
मेरो कविता जीवित थियो
मेरो सपना साकार थियो
मेरो नयाँ कविता लोकप्रिय थियो
तहल्का मच्चाएछ त्यसले
सब मेरो काँध थपथपाउँथे
‘क्याबात ! क्याबात !!
वाह ! कविजी क्याबात् !!!’
तर,
कता कता
के के
नपुगे जस्तो लाग्यो
अनि बिउँझिएँ वास्तविकतामा
अघिकै कागज थियो साथमा
जहाँ एउटा अधुरो कविता थियो
‘नयाँ नेपाल’ शीर्षकमा ।।।
२०७१ ।०७।०३

Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु

एक चिहान- मुख्य घटनाक्रम ३

परिच्छेद ३ ·     डाक्टर बोलाउन गएको शिव नारान नफर्किए पछि र अष्ट नारानको व्यथा बढ्दै आएकोले हडबडाएकी लतमायाले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहनु , ·   सिकर्मी पुन नारान पेस्की लगेदेखि बेपत्ता भएकोले साहुले उनलाई समात्न घर आउँदा त्यस्तो बेइमानी गर्नु राम्रो होइन भन्नु , ·   आफूले बेइमानी नगरेको तर बाबु बिरामी भएकाले काम गर्न नभ्याएको र ल्याएको पेस्कीले ठूलो काम दिएको हुनाले पुन नारनले ठूलो गुन सम्झेको कुरा विनम्र भएर भन्नु , ·       पुन नारानको अति नम्र कुरा सुनेर प्रतिवाद गर्न नसकेपछि दुवै जना घरबाट निस्कनु , ·       पुन नारान पुग्दा पनि डाक्टर किताब नै हेरि रहेको भेटिनु , ·       पुन नारानबाट बाबुको अवस्था झन बिग्रिएको कुरा सुनेर शिव नारानले डाक्टरलाई फेरी अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्नु पर्ने कुरा बताउनु , ·        घर पुग्नासाथ फिस तिर्ने कुरा भए पछि डाक्टर बिरामी हेर्न जान राजी हुनु ।