Skip to main content

एक चिहान मुख्य घटनाक्रम २६-२८

परिच्छेद २६
  • किसानका लागि वर्षा अति नै प्रिय भए पनि आफ्नो घर भत्किन लागेकाले शिव नारानको परिवार त्रसित जीवन बिताइ रहनु,
  • भात खाँदै गर्दा एउटा घर बनाउनै पर्ने लतमायाको भनाइमा सबैले स्वीकृति जनाउनु,
  • हर्ष नारान र लतमाया बिहेको कुरा गरि रहँदा नानीथकुँलाई आफूलाई कसैले बोलाइ रहेकाजस्तो महसुस भएर झ्यालतिर जानु,
  • एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद आएर आफू उनैलाई लिन सबै बन्दोबस्त मिलाएर आएको कुरा गर्नु,
  • नानीथकुँले डाक्टर गोदत्त प्रसादको प्रस्तावलार्ई ठाडै अस्वीकार गरेपछि उनी खिन्न भएर फर्कनु ।
परिच्छेद २७
  • हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फुलि रहेको देखेर छक्क परेकी लतमायाले कारण सोध्दा धेरै बेरपछि मात्र लजाउँदै आफूले आफ्नो लागि दुलही भेटेको र बिहे गर्न चाहेको बताउनु,
  • आफ्नी दुलही तामाङ्नी र आफू जस्तै एक ज्यामी भएको कुरा हर्ष नारानले लतमायालाई बताएपछि लतमायाले खुसीसाथ स्वीकार गर्नु,
  • बेलुकातिर यो खबर पुन नारानले शिव नारानलाई पनि दिनु,
  • नेवार र पर्वतेको सम्बन्ध जोडिन लागेको देखेर शिव नारान पनि औधी खुसी हुनु ।

परिच्छेद २८
  • दुलहीलाई डोलीमा ल्याउने स्वास्नी मानिसहरुको रायको चर्को विरोध गरेका शिव नारानलाई भाइ पुन नारानको पनि पूर्ण साथ मिलि रहेको बेला हर्ष नारानको स्वेच्छाले हिँडाएर ल्याउने निर्णय हुनु,
  • दुलही लिन आएका पुन नारान र हर्ष नारानलाई दुलहीका पिता माहिला तामाङले हृदयबाटै स्वागत र सत्कार गर्नु,
  • उपहारस्वरुप माहिला तामाङले आफ्नी छोरीलाई डोको, नाम्लो र एउटा हँसिया सुम्पिदिनु,
  • नव दुलही पुतलीलाई देखेर आइमाईहरुका बीच ‘पाखे र गरिब’ कुरा चल्न थाल्नु
  • दश रुपियाँ सापटी लिएर शिव नारानले हर्ष नारानको विवाहको अवसरमा सानो तिनो भोजको आयोजना गर्नु ।

Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु

एक चिहान- मुख्य घटनाक्रम ३

परिच्छेद ३ ·     डाक्टर बोलाउन गएको शिव नारान नफर्किए पछि र अष्ट नारानको व्यथा बढ्दै आएकोले हडबडाएकी लतमायाले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहनु , ·   सिकर्मी पुन नारान पेस्की लगेदेखि बेपत्ता भएकोले साहुले उनलाई समात्न घर आउँदा त्यस्तो बेइमानी गर्नु राम्रो होइन भन्नु , ·   आफूले बेइमानी नगरेको तर बाबु बिरामी भएकाले काम गर्न नभ्याएको र ल्याएको पेस्कीले ठूलो काम दिएको हुनाले पुन नारनले ठूलो गुन सम्झेको कुरा विनम्र भएर भन्नु , ·       पुन नारानको अति नम्र कुरा सुनेर प्रतिवाद गर्न नसकेपछि दुवै जना घरबाट निस्कनु , ·       पुन नारान पुग्दा पनि डाक्टर किताब नै हेरि रहेको भेटिनु , ·       पुन नारानबाट बाबुको अवस्था झन बिग्रिएको कुरा सुनेर शिव नारानले डाक्टरलाई फेरी अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्नु पर्ने कुरा बताउनु , ·        घर पुग्नासाथ फिस तिर्ने कुरा भए पछि डाक्टर बिरामी हेर्न जान राजी हुनु ।