Skip to main content

एक चिहान मुख्य घटनाक्रम १८-१९

 परिच्छेद १८

  • ‘कपाल दुखेको छ’ भनी नानीथकुँ भात खान नजानु,
  • खना खाइ सकेर सबै आ आफ्नो काम धन्दामा गइसक्दा पनि नानीथकुँ तान कोठामा पनि नजानु,
  • त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल नहुने देखेर नानीथकुँ एक्कासि जुरुक्क उठेर सरासर डाक्टर गोदत्त प्रसादकहाँ जानु,
  • नानीथकुँलाई एक्कासि आफ्नो अगाडि पाउँदा डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित हुँदै आउनुको कारण सोध्दा नानीथकुँको आँखाबाट आँसु छचल्किए पछि बडो मायालु भावमा मुख्य कुरा स्पष्ट भन्न लगाउनु,
  • नानीथकुँले सबै कुरा बेली बिस्तार लाए पछि निराश बनेका डाक्टर गोदत्त प्रसादलाई आश्वासन दिँदै नानीथकुँ आफै उनलाई भेट्न आउने प्रस्ताव राख्नु,
  • आफुकहाँ आइ रहने स्वतन्त्रता नानीथकुँले पाइ रहन नसक्ने कुरा डाक्टर गोदत्त प्रसादले गरे पछि लुकी छिपी आइ रहने र मनाही नै गरिदिए उनकै शरणमा आफू आउने कुरा नानीथकँुले बताउनु,आज क्याजुअल बिदामा बस्ने बताए पछि नानीथकुँ खुशी हुनु र फेरी दुई बीच हँसी मजाक सुरु हुनु,
  • चेवा गरि रहेकी डाक्टर गोदत्त प्रसादकी स्वास्नी रञ्जना देवीले नानीथकुँलाई चाँडै धपाई पठाउने अभिप्रायले वार्ता भङ्ग गराउन बिरामी हेर्ने कोठामा आउनु,



परिच्छेद १९

  • डाक्टर गोदत्त प्रसादले भात खाइ रहेको बेलामा रञ्जना देवीले गोदत्त प्रसाद र नानीथकुँबीच भइ रहेको चर्तिकलाको प्रतिकार गर्नु,
  • रञ्जना देवीको झम्टाइ र आक्षेप देखेर केही बोल्न नसकी डाक्टर गोदत्त प्रसाद केवल मुसुमुसु हाँसेर टार्न खोज्नु,
  • आफ्नो बचाउ गर्न डाक्टर गोदत्त प्रसादले रञ्जना देवीलाई यसरी अर्काको चेव गर्न शिक्षित महिलालाई नसुहाउने भन्दा रञ्जना देवीले ‘उल्टा चोर कोतवालको डाँटे’ भन्दै उर्ले पछि गोदत्त प्रसाद अवाक् हुनु ।


Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु

एक चिहान- मुख्य घटनाक्रम ३

परिच्छेद ३ ·     डाक्टर बोलाउन गएको शिव नारान नफर्किए पछि र अष्ट नारानको व्यथा बढ्दै आएकोले हडबडाएकी लतमायाले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहनु , ·   सिकर्मी पुन नारान पेस्की लगेदेखि बेपत्ता भएकोले साहुले उनलाई समात्न घर आउँदा त्यस्तो बेइमानी गर्नु राम्रो होइन भन्नु , ·   आफूले बेइमानी नगरेको तर बाबु बिरामी भएकाले काम गर्न नभ्याएको र ल्याएको पेस्कीले ठूलो काम दिएको हुनाले पुन नारनले ठूलो गुन सम्झेको कुरा विनम्र भएर भन्नु , ·       पुन नारानको अति नम्र कुरा सुनेर प्रतिवाद गर्न नसकेपछि दुवै जना घरबाट निस्कनु , ·       पुन नारान पुग्दा पनि डाक्टर किताब नै हेरि रहेको भेटिनु , ·       पुन नारानबाट बाबुको अवस्था झन बिग्रिएको कुरा सुनेर शिव नारानले डाक्टरलाई फेरी अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्नु पर्ने कुरा बताउनु , ·        घर पुग्नासाथ फिस तिर्ने कुरा भए पछि डाक्टर बिरामी हेर्न जान राजी हुनु ।