Skip to main content

हराएको राष्ट्रियता

खै ! आज सम्म पनि भेटिएन ,
हराएको मेरो राष्ट्रियता
यो सहरको हरेक चोकचोकमा,
गल्ली गल्लीमा
भौतारिँदै हिँड्दै छु नपाएर
फोहोर सँगै कतै
फ्याँकिएको मानवता;
आफ्नै भूमिबाट लखेटिएको
मेरो स्वाधीनता

राष्ट्र रोइरहेको देख्दा देख्दै पनि
मन ढुङ्गा झैँ बसिरहन्छ
अचल संवेदनाहिन
किनकी, मेरो राष्ट्रियता हराएको छ;
खान नपाएको भोको देख्दा
उसैलाई गिज्याउँदै
खाइरहन्छौ चौरासी व्यन्जन
किनकी, मानवता फालिएको छ,
बासी खानाझैँ पत्रिकामा बेरिएर
हुलका हुल दाजुभाइ
खाँडी पस्दा
भन्दैनन् कसैले नजा भनेर
किनकी,
स्वाधीनता आफैँ
लखेटिएको देशमा
सुखी अनि सुरक्षित जीवन
कसैले पाउँदैन।

मलाई लाग्यो,
सँगै लापत्ता भएका ती तीनहरु
सहरमा भेटिन्छ्न् सायद
तर
सहरको अवस्था जब देखेँ
महसुस भयो,
सहर पनि तिनीहरुको निम्ति अनुकुल छैन।
तैपनि मनमा झिनो आशा लिएर
घुम्दैछु हर कुना कुनामा
चेपिँदै सहरको भिड भाडमा।

आज पो झल्याँस्स भएँ  
मेरो राष्ट्रियता गाउँमै छुटेछ;
सुनौलो घाम जन्माउने क्षितिज,
 मुसुक्क मुस्कुराउने हिमाल,
हरियाली प्रकृति,
छङछङ खोला
गरिबीको घना बस्ती भित्र
छुटेको छ मेरो राष्ट्रियता
घाँस दाउराको भारी बोकेर
उकालो उक्लिने जीवनमा,
अशिक्षाको खडेरीले उजाडिएको
नानीहरुको जिवनमा,
रित्तिएको मन लिएर बाँच्दै गरेका
आशालु नजरहरुमा,
अनि भौतिक रुपमै रित्तिएको
शुन्य गाउँमा पाइँदो रहेछ
गन्तव्यहीन राष्ट्रियता,
अल्मलमा परेको यात्रु झैँ।

सहरमा फ्याँकिएको मानवता
गाउँमै पाइँदोरहेछ
भोक बाँचेर भोकै मर्नेहरुको मनमा
हाँसेर आँसु गाउनेहरुको वेदनामा
एक दिनको कमाइले
आधा दिन बाँच्नेहरुको बाध्यतामा
एक गाँस पनि बाँडेर
खानेहरुको सन्तुष्टिमा
एक छेउ गुन्द्रीमा
बराबर सुत्नेहरुको सपनामा
हरेक परिश्रमी हात
हरेक दयालु मुटुमा
बाँकी रैछ
अझै जिउँदो मानवता।

अनि जङ्गल बनेको उर्वर भूमी,
उजाड गाउँबस्ती
लेउ लागेका भित्ता छाना चुहिएका घरहरु,
बल रित्तिएका पाखुरा बस्ने
मृत जीवनहरुको गाउँमा
अझै जिवित रैछ
मैले खोजको

स्वाधीनता, मानवता र राष्ट्रियता ।

- जुनु राई
               facebook.com/raejunu

Comments

Popular posts from this blog

एक चिहान-पात्र परिचय

गोदत्तप्रसाद रञ्जना देवीजस्ती नारीको पति दुई छोराछोरीका बाबु एवम् समाजमा चिकित्सकका रुपमा प्रतिष्ठित व्यक्ति भएर पनि परस्त्रीको रुप र यौवनमाथि गिद्दे दृष्टि लगाउने गोदत्तप्रसाद यस उपन्यासको खलनायक हो । वासनात्मक प्रेमको पाशो थापेर सिधासादा नानीथकँुको कुमारीत्व लुट्न खोज्ने गोदत्तप्रसाद ‘मुखमा राम–राम बगलीमा छुरा’ प्रवृत्तिको धनको लोभी, कामुक, स्वार्थी, भ्रष्ट, अनैतिक, व्यभिचारी र पाशविक चरित्र हो । चिकित्सकजस्तो प्रतिष्ठित व्यक्ति भएर पनि सेवालाई भन्दा पैसालाई महत्व दिने गोदत्त प्रसाद द्रव्य पिशाच चरित्र हो । बाहिर दयालु देखिएर भित्र कपट भएका गोदत्त प्रसाद हाँसी–हाँसी आफ्नो कूटिल चरित्र ढाक्न खोज्ने डाक्टर, षड्यन्त्रकारी, निर्दयी, दुष्ट र कामुक चरित्र हो । डाक्टर भएर पनि छोरीको उमेर सरहकी नानीथकुँको रुप र यौवनप्रति गिद्दे दृष्टि लगाउँदै चरित्र लुट्न दानवीर बनेको षड्यन्त्र गर्ने ऊ जाली, कपटी र पतित चरित्र हो ।

एक चिहान-उद्देश्य(Theme)

उपन्यासको उद्देश्य वा मूल भाव * एक चिहान निम्न वर्गीय किसान मजदुरजस्ता श्रमजीवी नेपालीहरुको जीवनमा आधारित यथार्थवादी र प्रगतिवादी उपन्यास हो । यसमा गरिब नेपालीहरुको विवशता र सङ्घर्षपूर्ण जीवन यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । काठमाडौँ सहर र गाउँभित्रको गरिबी, शोषण र बिसङ्गति नै उपन्यासको मूल विषयवस्तु हो । * यस उपन्यासको मूल उद्देश्य रुढिवादी परम्परा, कुसंस्कार, आर्थिक, सामाजिक असमानता र शोषण विरुद्ध सङ्घर्ष गरेर समाजको परिवर्तन वा सुधार गर्नु हो । गरिबीसँग जुध्न र शोषण विरुद्ध विद्रोह गर्न नसके निम्न वर्गको जीवन अभैm जटिल बन्दै जान्छ भन्ने सङ्केत उपन्यासले गरेको छ । अष्ट नारान, शिव नारान र रञ्जना देवीजस्ता पात्रका माध्यमबाट समाज सुधार सम्बन्धि प्रगतिवादी विचार अगाडी सारिएको छ । * यसमा धार्मिक, सांस्कृतिक, अन्धविश्वास, तडकभडक र अरुसँग ऋण लिने मानसिकताको विरोध गर्दै परम्परागत धार्मिक, सांस्कृतिक प्रचलन र दाशताको निन्दा गरिएको छ । काजक्रिया, चाडपर्व, विवाहव्रतबन्धजस्ता काममा दानदक्षिणा, भोजभतेर, दाइजो–उपहारका नाममा फजुल खर्च गर्ने परिपाटीको विरोध गरिएको छ । * गरिबहरु

एक चिहान- मुख्य घटनाक्रम ३

परिच्छेद ३ ·     डाक्टर बोलाउन गएको शिव नारान नफर्किए पछि र अष्ट नारानको व्यथा बढ्दै आएकोले हडबडाएकी लतमायाले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहनु , ·   सिकर्मी पुन नारान पेस्की लगेदेखि बेपत्ता भएकोले साहुले उनलाई समात्न घर आउँदा त्यस्तो बेइमानी गर्नु राम्रो होइन भन्नु , ·   आफूले बेइमानी नगरेको तर बाबु बिरामी भएकाले काम गर्न नभ्याएको र ल्याएको पेस्कीले ठूलो काम दिएको हुनाले पुन नारनले ठूलो गुन सम्झेको कुरा विनम्र भएर भन्नु , ·       पुन नारानको अति नम्र कुरा सुनेर प्रतिवाद गर्न नसकेपछि दुवै जना घरबाट निस्कनु , ·       पुन नारान पुग्दा पनि डाक्टर किताब नै हेरि रहेको भेटिनु , ·       पुन नारानबाट बाबुको अवस्था झन बिग्रिएको कुरा सुनेर शिव नारानले डाक्टरलाई फेरी अनुरोध गर्दा डाक्टरले आफूलाई फिस तिर्नु पर्ने कुरा बताउनु , ·        घर पुग्नासाथ फिस तिर्ने कुरा भए पछि डाक्टर बिरामी हेर्न जान राजी हुनु ।